सबै मिलेर मात्र विपद न्यूनीकरण गर्न सकिन्छ: गृह सचिव दुवाडी

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची : गृह सचिव गोकर्णमणी दुवाडीले सबैको साथ सहयोगले मात्र विपद न्यूनीकरण र यसको सामना गर्न सकिने बताउनुभएको छ ।

शनिबार मेलम्ची नगरपालिकामा आयोजित ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ सचिव दुवाडिले विपद टार्न सक्दैनौ तर हामि सबै मिलेर न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले विपद पछि दुख मानेर बस्नु भन्दा यसलाई कसरी कम गर्न सकिन्छ त्यसमा ब्यक्ति, समाज, सरकार सबैले ध्यान दिनुपर्नेमा जोडदिनुभयो । क्रसर उद्योगहरुले मापदण्ड पालना गरेको नगरेको त्यसमा ध्यान दिनुपर्नेमा जोड दिदै टिफर अगायत यातायातका साधनले बढि भार बोक्दा सडक क्षति पुगेकाले यसलाई रोक्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । उहाँले बिगतका पाठ सिकेर खोला किनारमा बस्ति बसाउन नहुने बताउनुभयो ।

नागरिकलाई सचेत गराउन स्थानीय सरकारको भुमिका नागरिकले पनि आफ्नो इमान्दारीता देखाउन आग्रह गर्नुभयो । चट्याङ र आगलागीको समस्या जिल्लामा धेरै रहेको बताउँदै मानवीय कारणले हुने घटना न्यूनीकरणमा सबै एक हुनुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय , प्रदेश, संघ सरकार , संघ संस्था र नागरिक सबै मिले मात्र विपद न्यूनीकरण र सामना गर्न सकिने उहाँको भनाई छ । विपदका कारणका क्षति भएका संरचना र निजि आवास पुन:निर्माणमा भएका समस्या समाधान गर्दै अघि बढिने उहाँले बताउनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान लगायतले यहाँका समस्या र सार्बजनिक पुर्वाधारहरु निर्माण र निजि आवास निर्माणमा भएका समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभयो । नागरिकले अनुभुती हुने गरि शान्ति सुरक्षाको व्यवस्था गर्न सुरक्षा निकायलाई उहाँले निर्देशन दिनुभयो ।

मन्त्रालयका सहसचिवहरु सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा , काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहित उहाँ आज सिन्धुपाल्चोक बिपदको क्षति र पुन निर्माणका अवस्थाबारे बुझ्न दुवाडी सहितको टोलि मेलम्ची आइपुग्नुभएको हो ।

Leave a Reply