मेलम्ची ११ को क्रियाशिल सदस्यता वितरण तथा नविकरण कार्यक्रम सम्पन्न

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेपाली काङ्ग्रेस मेलम्ची ११ को वडा भेला तथा क्रियाशील सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यता, क्षेत्रिय सभापती तथा नगर प्रमुख आइतमान तामाङको विषेश आतिथ्यता र वडा सभापती कुमार दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । आज भएको क्रियाशिल भेलामा पुराना सदस्यहरूको क्रियाशिल कार्ड वितरण गरिनुका साथै नयाँ सदस्यको लागि सदस्यता फारम भर्न आव्हान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले नेपाली कांग्रेस जिताउनकाे लागि क्रियासिल सदस्य वितरण गर्नु एकदमै उचित रहेको बताउनुभयो। अग्रजकाे त्याग र तपस्याले कांग्रेस याे अवस्थामा उहाँको भनाइ थियो। आफूले गुटको राजनीति नगरेको भन्दै तामाङले कांग्रेस बचाउन जुनसुकै मूल्य चुकाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्दै पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो। आफूले सकेको राम्रो काम गरेको र नसकेको खण्डमा नराम्रो काम नगरेको पनि तामाङले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि क्षेत्र नम्बर २ का सभापति तथा मेलम्ची नगर प्रमुख आइतमान तामाङले चुनावमा अन्तर्घात गर्नेलाई क्रियासिल सदस्य दिन नहुने बताउनुभयो । कांग्रेस भईरहने तर चुनावमा मतदान नगर्नेदेखि सावधान हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मिसन ८४ अब कांग्रेसले भनेर नभई गरेर देखाउनुपर्ने तामाङले बताउनुभयो । २०७० साल यता कांग्रेसकाे सदस्य बढिरहेकाेले अब संघ प्रदेश र नगर सबै जिताउने जिम्मेवारी काँधमा आएको बताउनुभयो । विकास गर्ने कुरामा राजनीतिक प्रतिशोध नराखी समान ढङ्गले समृद्ध मेलम्ची बनाउन अघि बढिरहेको नगरप्रमुख तामाङले बताउनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार दुलालले नेपाली कांग्रेसको नेतृत्व आएपछि विकासले गति लिएको बताउनुभएको छ। नेपाली कांग्रेस हर समय जनताको पक्षमा रहने र जनताकै काम गर्ने पार्टी भएको पनि उहाँले दाबी गर्नुभयो ।

यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै मेलम्ची नगर सभापति बसन्त गुरुङले काङ्ग्रेसले नगर जितेको वडा जितेको अवसरमा धेरै कामहरू भएको बताउनुभएको छ। कांग्रेसका अग्रजले देखाएको बाटोमा हिँड्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचित कार्यसमितिले जनप्रतिनिधिहरूले धेरै कामहरू गर्न सफल भएको उहाँको भनाइ थियो। टोलटोलमा बाटो र घरघरमा खानेपानीको धारा साथै अन्य सुविधाहरुका लागि कांग्रेस हरदम काम गरिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाल विद्यार्थी सङ्घ सिन्धुपाल्चोकका सचिव दिपेशराज खनालले आज बाँडिने क्रियाशील सदस्यताले निर्वाचनको परिणाम निर्धारित गर्ने बताउनुभएको छ। कमजोर छौं भने चुपलागी नबसी एकजुट भएर लागेमा र एक ढिक्का भएमा हरेक निर्वाचनहरु जितिने उहाँको भनाई थियो । हरेक कार्यक्रमहरूमा बीपीको फोटोमा माल्यार्पण गरी एकजुट भएर लाग्ने संकल्प लिएका कांग्रेसहरूका लागि असफल हुने छुट नभएको पनि उहाँको भनाइ थियो।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षका प्रत्याशी उम्मेदवार शम्भुप्रसाद चौलागाईंले चुनावमा उठ्ने उम्मेदवारले कांग्रेसको नेतृत्वको पहिचान दिने बताउनुभएको छ। आगामी दिनमा नेपाली कांग्रेसलाई बलियो बनाउन हरेक क्रियाशील सदस्यको बराबर भूमिका रहने पनि उहाँको भनाई थियो।

आज सम्पन्न कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ११ का सभापति कुमार दुलालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमलाई समापन गर्दै उहाँले कांग्रेस बलियो भए मात्र विकासको लहर छाउने बताउनुभएको छ । साथै कार्यक्रममा कलाकारहरू नवराज घोरासैनी र विश्वरादेवी श्रेष्ठले मनोरञ्जन गराउनुभएको थियो।

Leave a Reply