एमालेका आधा दर्जन बढी युवा नेपाली कांग्रेस प्रवेश

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

एमालेका आधा दर्जन बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले मेलम्ची ११ का युवाहरू कांग्रेस प्रवेश गरेका हुन । आज पार्टी प्रवेश गर्नेहरूमा रामकुमार सापकोटा, हुपेन्द्र तामाङ स्याङबो, विवस गुरुङ, ओम बहादुर दनुवार, राजन दनुवार, विजय तामाङ स्याङबो, दिपेश दनुवार र रामकृष्ण दनुवार रहनुभएको छ। 

नवप्रवेशीहरूलाई बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ र क्षेत्रीय सभापति आइतमान तामाङ प्रदेश सदस्य कुमार दुलाल लगायतको टिमले खादा र माला लगाएर पार्टीमा स्वागत गरीएकाे हो।

मेलम्ची नगरपालिकामा कांग्रेस नेतृत्व आएपछि बिकासले गति लिएकाे उनिहरूकाे भनाई छ। युवाहरूलाई पार्टीमा उचित स्थान दिने क्षेत्रिय सभापती आइतमान तामाङकाे भनाई छ। पार्टी प्रवेश पश्चात् मेलम्ची ११ का युवा सामाजिक व्यक्तित्व रामकुमार सापकोटाले मेलम्चीको विकासमा पोजिटिभ मेसेज आएको बताउनुभएको छ।

आगामी दिनमा संगठनमा योजनाबद्ध हुँदै सामेल हुने उहाँको भनाइ थियो। धेरै आशावादी रहेको र युवाहरूको नेतृत्वमा केही गर्नुपर्छ भन्ने सन्देशलाई मर्न दिन नहुने उहाँको भनाइ छ ।

Leave a Reply