पाँचपोखरी कप फुटबल : चौताराले मेलम्चीलाई हरायो, दुई खेल बराबरी

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आज पनि लिग चरणका ३ खेलहरु भएका छन् । आजको खेलमा पाँचपोखरी थाङ्पाल गाउँपालिका र सुनकोशी गाउँपालिकाले एक एक गोलको बराबरी खेलेको छ भने आजको दोस्रो खेलमा बाह्रविसे नगरपालिका र लिसंखुपाखर गाउँपालिकाले पनि गोल रहित बराबरी खेलेको छ ।

आजको अन्तिम तथा तेस्रो खेलमा भने चौतारा साँगोचोकगढी नगरपालिकाले मेलम्ची नगरपालिकालाई दुई एक गोलन्तरले पराजित गरेको छ । २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता को लिग चरणका खेलहरू भोलि पनि जारी रहने पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो । आजको खेलहरूमा निमासिङ्गी लामा अनार श्रेष्ठ र भीमबहादुर गुरुङ म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।

लिग चरण अन्तर्गत अबभोलि हेलम्बु र सुनकोशी इन्द्राती र बाह्रबिसे तथा पाँचपोखरी र भोटेकोसी बीच प्रतिस्पर्धा हुने पनि उहाँले जानकारी दिनुभयो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा वडा नम्बर ४ मा रहेको पेमाथाङ्ग समानता खेलकुद मैदानमा जारी प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेता हुने टोलीले ५० हजार नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply