रास्वपा मेलम्ची १२ को वडा भेला सम्पन्न सभापतिमा सुरेश तिवारी

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका वडा नम्बर १२ को प्रथम वडा भेला सम्पन्न भएको छ । भेलाबाट सुरेश तिवारीको सभापतित्वमा ९ सदस्य समिति गठन भएको छ ।

पार्टीका बागमती प्रदेश सदस्य दिनेश श्रेष्ठ र जिल्ला सचिव चक्रपाणी सिग्देलको उपस्थितिमा भएको भेलाबाट उपसभापतिमा राजकुमार श्रेष्ठ, सचिवमा हरिकृष्ण खड्का र सदस्यहरूमा सागर कुमार नेपाल, सरस्वती पराजुली ढकाल, पदम बहादुर तामाङ, रामबहादुर माझी र प्रकाश बिक चयन हुनुभएको सभापति सुरेश तिवारीले जानकारी दिनुभयो ।

वडा नम्बर १२ को माझी पितृडाँडामा भएको भेलाको अवसरमा प्रदेश सदस्य श्रेष्ठ र जिल्ला सचिव सिग्देलले संगठन निर्माण गर्नुको उद्देश्य र वडा संगठनले गर्नुपर्ने काम कारबाहीको बारेमा जानकारी गराउनुभएको थियो। साथै समितिले पार्टी संगठनलाई अझ मजबुत बनाई अन्यलाई पनि समेटी अघि बढ्न सुझाव दिँदै शुभकामना व्यक्त गर्नुभयो ।

नगर सभापति गोकुल प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सदस्य दिनेश श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला सचिब चक्रपाणी सिग्देल, जिल्ला सहसचिव बलराम सत्याल लगायत उपस्थिती रहेको थियो ।

Leave a Reply