नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नं ५ वडा कार्यसमितिको क्रियाशिल वितरण तथा नविकरण कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता र वडा सभापती तोक लामाको सभापतीत्वमा कार्यक्रम भएको हो ।
मेलम्ची ५ सिन्धुकोटमा २८७ जना क्रियासिल सदस्य रहेका छन । आज भएको क्रियाशिल भेलामा पुराना सदस्यहरूको क्रियाशिल कार्ड वितरण गरिनुका साथै नयाँ सदस्यको लागि सदस्यता फारम भर्न आव्हान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका अर्थमन्त्री कुञ्दनराज काफ्लेले आफु यो व्यवस्था ल्याउन लडेको असल नागरिक भएकाे बताउनुभयो । नेपाली कांग्रेसले माओवादिसंग बार्ता गरेर शान्ति प्रकृया अघि बढाएको उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेसले संविधान सभाको निर्वाचन गराएर संविधान दिएको दावि गर्नुभयो । काँग्रेसले सबै जातजाति र भाषाभासिलाई अधिकार दिएको उहाँको भनाई थियो । काँग्रेसले पुर्वाधार विकाससंगै राजनीतिक परिवर्तनको संवाहक बनेको उहाँको दावी थियो । काँग्रेसले संगठित ढंगले अघि बढेर सबैलाई अधिकार सहीत काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कांग्रेसले हिजो परिवर्तनको आन्दोलन पनि गर्यो, अब सम्पन्नताको आनदोलन गर्न आवस्यक छ”, उहाँले भन्नुभयो । सिन्धुकोटको सबैजना बसेर योजना ल्याएमा आफुले पूरा गर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले नेपाली कांग्रेसले टोल टोलमा कांग्रेस मजवुद हुनेगरि काम गर्न जरूरी रहेकाे बताउनुभयाे । “सिन्धुपाल्चोकमा कांग्रेस मजवुद भएको छ, यसको निरन्तरता होस” तामाङले भन्नुभयाे ।

कार्यक्रमका मेलम्ची ५ का वडा अध्यक्ष राजु रायमाझीले बिकास निर्माणका कामना काँग्रेसकाे नेतृत्व आएपछि धेरै काम भएकाे दावि गर्नुभयाे। आगामि दिनमा पनि पार्टीको संगठन र बिकास निर्माणका काममा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रमकाे समापन गर्दै वडा सभापति ताेक दामाले निष्क्रिय तथा सक्रिय सदस्यको मुल्याङकन गरेर अघि बढ्ने बताउनुभयो । क्रियाशिल सदस्यताको पुरानोको नविकरण शुल्क २०० र नयाँ सदस्यताको शुल्क ३०० रूपैया रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू, जनप्रतिनिधिहरू, क्रियाशिल सदस्य तथा साधारण सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलाकारहरू नवराज घाेरासैनि, बिदुर घाेरासैनि, रूद्र केशि, मञ्जु गाैतम लगाएतका कलाकारहरूले मनाेरञ्जन गराएका थिए ।



