सिपाघाटको मोटरेबल पुल जिर्ण बन्दै, शंरक्षणका लागि कार्यदल गठन

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने मोटरेबल पुल शंरक्षणमा स्थानिय सरकारले चासो देखाएका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ को विषेश पहलमा जिर्ण बन्दै गरेको पुल शंरक्षणका लागि कार्यदल गठन गरीएको हो ।

आज ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ जोड्ने पुल शंरक्षणका लागि कार्यदल गठन भएको हो । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको हो ।

जसमा ईन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सोम प्रसाद ढकाल सदस्य रहनुभएको छ । आज पुलको स्थलगत निरीक्षणपछी ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ मा बसेको बैठकमा वडा नम्बर ७ का वडा अध्यक्ष रवीन्द्र कुमार खाती, वडा नम्बर ९ का वडा अध्यक्ष बाबुराम लामा, वडा नम्बर ११ का वडा अध्यक्ष रामजी माझी, कार्यपालिका सदस्य रामहरी दनुवार लगाएतको उपस्थीतीमा भएको छलफलको क्रममा दुवै स्थानिय सरकारको उपस्थीतीमा निकट भविश्यमा मोटरेबल पुल शंरक्षणका लागि सम्बन्धित निकायमा पहल कदमीका लागि सो कार्यदललाई जिम्मेवारी दिईएको छ ।

ईन्द्रावती गाँउपालिकाको लाईफ लाईको रुपमा रहेको सिपाघाटको मोटरेबल पुल दिनानुदीन जीर्ण बन्दै गईरहेको छ । जीर्ण पुल मर्मत तथा शंरक्षणका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारको ध्यानाकर्षण गराउने वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले बताउनुभयो । बर्खायाममा आउने बाढीका कारण पुल झन जीर्ण बन्दै गएको उहाँले बताउनुभयो ।

Leave a Reply