जुगलको सेलाङमा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

जुगल गाउँपालिकामा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने भएको छ । गाउँपालिकाको आयोजनामा जिल्ला भित्रका १२ वटै स्थानीय तहमा अध्यापनरत पुरुष शिक्षकहरुलाई सहभागी गराई अध्यक्ष कप (प्रथम) भलिबल प्रतियोगिता फाल्गुन १४ र १५ गते दुई दिन सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर १ मा रहेको सेलाङ माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले ५० हजार रुपैँया, उपबिजेता टोलीले ३० हजार र तृतीय स्थान हाँसिल गर्ने टोलीले २० हजार नगद सहित सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ ।
गाउँपालिकाले आज एक सुचना जारी गर्दै प्रतियोगिताममा सहभागी हुन यहि फागुन ११ गते सम्म पाँच हजार शुल्क सहित टिम दर्ता गर्न जिल्लाका सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ । प्रतियोगिताममा सहभागी हुन निम्नानुसारको नियम पालना गर्न पनि सुचनामा भनिएको छ ।


१. एक स्थानीय तहबाट एक मात्र टिम सहभागी हुन पाउने छ ।

२. यस प्रतियोगितामा सहभागी खेलाडीहरु सामुदायिक विद्यालयको हुनुपर्नेछ ।

३. विद्यालयले निजी शिक्षकका रुपमा राखिएका शिक्षकहरु प्रतियोगितामा समावेश गराउन पाइने छैन ।

४. टिम दर्ता गर्दा स्थायी शिक्षकको हकमा जिल्लाको नियुक्ति पत्र वा पालिकाको पदस्थापन पत्र तथा अस्थायी शिक्षकको हकमा पालिकाले वा विद्यालयले दिएको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

५. टिम दर्ता मिति २०८१ फागुन ११ गतेसम्म गरिसक्नु पर्नेछ ।

६. खेल प्रचलित भलिबलको नियमानुसार खेलाइनेछ ।

७. खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफीको निर्णय अन्तिम हुनेछ ।

८. खेल सञ्चालनको क्रममा कुनै खेलाडी घाइते भई उपचार गर्नुपर्ने भएमा प्राथमिक उपचार बाहेक अन्य उपचारका लागि आयोजक जिम्मेवार हुने छैन ।

९. खेलाडीले अनुशासित र मर्यादित भइ खेल्लुपर्नेछ ।

१०. खेलाडी विवरण पेश गर्दा खेलाडीहरुको नामावली सहित सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिस पत्रबाट टिमकोच र टिम म्यानेजर सहित एक टिममा १२ जनाको विवरण बुझाउनु पर्नेछ ।

११.यस प्रतियोगितामा सहभागी हुन आउने टिमका खेलाडीहरुले खाना, बास लगायतका सम्पूर्ण व्यवस्थापन स्वयं आफैँले गर्नु पर्नेछ ।

१२. खेलमा सहभागी हुने टिम मिति २०८१।११।१३ गते बेलुका सम्म उपस्थित भइसक्नु पर्नेछ ।

Leave a Reply