नेपाल भूतपूर्व सैनिक संघ, बागमती प्रदेशको अध्यक्षमा मणिलोचन न्यौपाने चयन हुनुभएको छ । शनिबार हिजो भएको प्रथम अधिवेशनले न्यौपानेको नेतृत्वमा ३९ जना सदस्यीय कार्यसमिति चयन गरेको हो । न्यौपाने सिन्धुपाल्चोक जिल्लाको नेपाल भुतपुर्व सैनिक संघको निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ ।
अधिवेशनले महासचिवमा विनोद अधिकारी कोषाध्यक्षमा कुल बहादुर अधिकारी गरेको चयन गरेको छ ।
सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी, फटक बहादुर कार्की, रामकृष्ण थापामगर, कृष्ण कुमार बानियाँ, पशुपति पौडेल, बुद्धि बहादुर तामाङ, भरत पाण्डे, शुक बहादुर गुरुङ, श्याम बहादुर गुरुङ, नवराज श्रेष्ठ, सुक बहादुर गुरुङ, मधुकर केसि, गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले जानकारी दिनुभयो।
हिजो सम्पन्न अधिवेशन ले सदस्य हरु मध्य बाट उपाध्यक्ष हरु क्रमश ९नेपाली सेना,बृटिस सेना र इन्डियन सेना० गरी तीन जना लाई मनोनीत गरिएको थियो ।
मनोनीत हुनेमा नवराज श्रेष्ठ, सुक बहादुर गुरुङ र धादिङ कै सुक बहादुर गुरुङ हुनुहुन्छ ।
त्यस्तै महासचिव संगठन तर्फ पनि ९नेपाली सेना,बृटिस सेना र इन्डियन सेना गरि ३ जनालाई सचिब मा मनोनीत गरेका छन् । सचिब मा मनोनीत हुनेमा बुद्धि बहादुर तामाङ, मधुकर केसी र श्याम बहादुर गुरुङ हुनुहुन्छ ।
कांग्रेस केन्द्रिय कार्यालय मा हिजो नेपाली कांग्रेस का पुर्वमन्त्री एनपी साउथ को प्रमुख आतिथ्य मा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशन बाट निर्वाचित कार्यसमिति लाई बधाई शुभकामना व्यक्त गर्दै पुर्वमन्त्री साउद ले जुन उदेश्य बोकेर सैनिकहरु लडाइ मा जान्छन् त्यस्तै सम्झेर पार्टीको संगठन निर्माण मा महत्त्वपूर्ण प्रभावकारी भुमिका निर्वाह गर्नेमा आफू विश्वास्त रहेको बताउनुभयो।
पुर्वसैनिक हरुलाई कांग्रेस मेरुदण्डमा राखेर काम गर्यो भने पार्टी भित्रका विमती का स्वर हरु पार्टी भित्रको बेमेल र गुटबन्दी लाई न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो।
कार्यक्रममा इन्द्रावती गाउँपालिका सैनिक संघ का अध्यक्ष लिला बहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो।