बृहत क्षति व्यवस्थापन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि मेलम्चीमा सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

अस्पताल विपद पूर्व तयारी एवं प्रतिकार्य तथा बृहत क्षति ब्यबस्थापन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि मेलम्चीमा सुरु भएको छ ।

टुकि संघ सुनकशी र मेलम्ची नगर अस्पतालको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा सुरु भएको गोष्ठिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विपद्का क्षेत्रमा काम गर्ने संघ संस्था, सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतको सहभागीता रहेकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले नगरपालिका विपद प्रतिकार्यको पुर्वतयारीमा रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा विपदबाट हुने बृहत् क्षति कम गर्नका लागि विभिन्न संघ संस्था, सुरक्षा निकाय, स्वास्थ्यकर्मीसंग मिलेर समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा ह्याण्डिक्याप इन्टरनेशनलका परियोजना ब्यवस्थापक महेन्द्र विक्रम शाहले विपदका घटनाहरबाट हुने मृत्युदर कम गर्ने, अपाङ्गताको संख्या र विरामीको संख्या कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो ।

मेलम्ची नगर अस्पतालका प्रमुख डाक्टर किरण श्रेष्ठले विपदका कारण हुनसक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उदेश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो । डाक्टर श्रेष्ठले विपद ब्यबस्थापनको लागी यो कार्यशाला महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गर्नुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका एसोसियट प्रोफेसर डा आशिष श्रेष्ठ र डा सुमना बज्राचार्यले सहजीकरण गर्नुभएको कार्यक्रमबाट मेलम्ची नगर अस्पतालले अस्पताल विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने योजना रहेको अस्पतालका प्रमुख किरण श्रेष्ठले बताउनु भयो ।

Leave a Reply