शनिबारबाट सुरु भएको मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको दोस्रो दिनमा आइपुग्दा शीतलादेवी मावि ४ स्वर्ण दुई रजत र चार काश्यको साथमा १० पदक सहित सबैभन्दा अगाडि रहेको छ। त्यस्तै दोस्रो नम्बरमा रहेको बतासे मावि ले ४ स्वर्ण एक रजत र एक काश्य सहित ६ पदक हात पारेको छ।
तीन स्वर्ण ५ रजत र १ काश्य जितेको तेर्से मावि तेस्रो नम्बरमा रहँदा दुई स्वर्ण चार रजत र पाँच कास्य सहित इन्द्रेश्वरी मावि चौथो नम्बरमा रहेको छ। त्यस्तै दुई स्वर्ण दुई रजत र दुई काश्य पदक जितेको बालसुधार मावि पाँचौं नम्बरमा रहँदा मेलम्ची कम्युनिटी स्कुल, जाल्पादेवी मावि र ठूलो थकानी माविले एकएक स्वर्ण हात पारेको छ।
यो सँगै आज दोस्रो दिनमा आइपुग्दा १८ स्वर्णको छिनोफानो भएको आयोजक विद्यालय जाल्पादेवी माविले जानकारी दिएको छ।
प्रतियोगितामा नगरपालिका भरिका २३ माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएकोमा हालसम्म सात विद्यालयले खाता पनि खोल्न सकेको छैन । प्रतियोगितामा ४० पदकका लागि प्रतिस्पर्धा हुने ।
मेलम्ची नगरपालिकाको सहयोग र जाल्पादेवी माध्यमिक विद्यालय बाहुनेपाटीको आयोजनामा हिजो एक कार्यक्रमका बीच प्रदेश सांसद कृष्णकुमार तामाङ समिरले उद्घाटन गर्नुभएको प्रतियोगिता भोलि समापन हुने आयोजकले जनाएको छ ।