राष्ट्रिय बिच भलिबलको उपाधि पुलिसको पोल्टामा

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक ।
राष्ट्रिय बिच भलिबल प्रतियोगितामा दुबै बिधाको उपाधी नेपाल पुलिसका खेलाडीले हात पारेको छ । पुरुष तर्फ चन्द्र कुवँर र सफल विकको जोडी च्याम्पियन बनेको छ भने महिला तर्फ पनि पुलिसकै कमला पुन र मनिषा चौधरीको जोडीले उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा पुरुष तर्फ एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई २–१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो ।

महिला तर्फ भने आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई २–० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो ।

सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा भएको प्रतियोगिताको फाइनलमा चन्द्र र सफलको जोडी १८–२१,२१–१४, १५–८ ले विजयी हुँदा भने कमला र मनिषाको जोडी पनि २१–१९, २१–१० ले विजयी भएको हो ।

कमला र मनिषाको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेको थियो ।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा भएको प्रतियोगिता पुरुष तर्फ आठौं र महिलातर्फ सातौँ बिच भलिबल प्रतियोगिता हो ।

Leave a Reply