ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयले ७७ औं वार्षिकोत्सब विविध सास्कृतिक कार्यक्रम गरेर मनाएको छ । २००४ सालमा स्थापना भई आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
कर्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व भौतीक पूर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय उन्नति प्रगतिको कामना गर्दै एउटा छुट्टै पहिचान बनाएको विद्यालय भएको बताउनुभयो । विद्यालयप्रति अभिभावकको चासो र उपस्थीती कम हुन थालेकोमा दुलालको गुनासो थियो । सपना र संभावना बिना लक्ष्यमा पुग्न नसकीनेमा उहाँले जोड दिनुभयो । शिक्षकहरुको अध्यापन क्षमतामा अभिवृद्धि गर्नुपर्ने उहाँको धारणा थियो । विद्यालयको कम्पाउण्डको व्यवस्थापनका लागि बजेट व्यबस्थापनको लागि सक्दो सहयोग गर्ने दुलालको प्रतिवद्धता थियो । व्यवस्थापन समिती, शिक्षक र अभिभावक लाई गुणस्तरीय शिक्षा दिने सस्थांको रुपमा चिनाउन उहाँले अनुरोध गर्नुभयो । ठूलो सपना र ठूलो लक्ष्य राख्न विद्यार्थीहरुलाई अनुरोध गर्दै देशको भविष्य विद्यार्थीको हातमा रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई सकारात्मक भएर अघि राष्ट्रबादी नागरिक रुपमा अधि बढ्न पूर्वमन्त्रि दुलालले आग्रह गर्नुभएको छ ।
कर्यक्रमका विषेश अतिथी वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्यले निरंकुश जहानिया शासनको विचमा स्कुल स्थापन गरि शिक्षा दिनुपर्ने अवस्थामा खुलेको विद्यालय भएको बताउनुभयो । विद्यालयको भौतिक गुणस्तर शैक्षिक गुणस्तरको निम्ति आफुले सकेको सहयोग गर्ने उहाँको भनाई थियो । यस विद्यालयका विद्यार्थीहरु निजामती सेवा, प्रशासन , राजनीति, कला क्षेत्र लगाएत अग्र स्थानमा रहेको उहाँले बताउनुभयो । बालबालिकाको शिक्षामा लगानी गर्नुपर्नेमा वडा अध्यक्ष आचार्यले जोड दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुना फाउन्डेसन नेपालका अध्यक्ष आशिष लामाले यस विद्यालयको उत्पादन गरेका विद्यार्थीहरु उच्च ओहदामा पुगेको बताउनुभयो । लामाले शिक्षा आएकोले शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । शिक्षा विनाको जीवन प्वाखा बिनाको चरा जस्तै भएको बताउनुभयो ।
विद्यालयले पुर्व शिक्षकहरु उमेश अधिकारी र विष्णु भट्टराईलाई विदाई तथा सम्मान गरेको छ । साथै विद्यालयको खेलकुद सत्पाहमा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको छ । विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक सुरेशकृष्ण श्रेष्ठले प्रश्तुत गर्नुभएको थियो । विद्यालय व्यावस्थापन समिति सदस्य पुण्यप्रसाद आचार्यले स्वागत मन्तव्य राख्नुभएको हो भने विद्यालय व्यावस्थापन समिती अध्यक्ष मिना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रीय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको प्रश्तुती रहेको थियो ।