मेलम्चीमा आँखा शिविर सम्पन्न : ८२ जनाको दृष्टि पुनःस्थापित

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र, मेलम्चीको सहकार्य तथा मेलम्ची नगरपालिकाको समन्वय र सहयोगमा माघ २२ र २३ गते मेलम्चीमा आँखा शिविर सम्पन्न भएको छ ।


डा. प्रतिभा लामा जोशीको नेतृत्व र रमिता महर्जनको कमान्डमा शिविर सम्पन्न भएको हो ।  ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्यले शिविर गरिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको सफलतापूर्वक दृष्टि पुनःस्थापित गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले  जानकारी दिनुभयो । शिविरमा मोतियाविन्दुको सल्याक्रिया सँगै २ वटा मासु पलाएको शल्यक्रिया गरी कुल ८४ वडा शल्यक्रिया सम्पन्न भएको भट्टले जानकारी दिनुभयो ।

शिविरमा सहभागीहरूले आफ्नो दृष्टि पुनःप्राप्त गरेकोमा खुशि ब्यक्त गरेका छन् ।  दृष्टि पुनःस्थापनापछि शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तनको अनुभव भएको सहभागी टक्करकुमारी दुलालले बताउनुभयो ।  पुनः प्राप्त दृष्टिले आफुहरुलाई आत्मनिर्भर बन्न, आफ्नो दैनिक जीवन सहज रूपमा संचालन गर्न, सामाजिक गतिविधिमा पुनःसक्रिय हुन, र आर्थिक रूपमा लाभदायक कार्यहरूमा संलग्न हुन सहयोग पुग्ने बिष्णुप्रसाद सापकोटाले बताउनुभयो । 


मेलम्ची नगरपालिकाले शल्यक्रिया गराएका बिरामीहरूका लागि खानाको व्यवस्था गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो 

WhatsApp-Image-2025-01-08-at-15.38.58_307cbda1-1736339257.jpg
 

Leave a Reply