मेलम्ची ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्ने बताउनु भएको छ ।राइम्सको सहयोगमा आज मेलम्ची नगरपालिकाले आयोजना गरेको मेलम्ची जोखिम नक्सा अद्यावधिक कार्यशालामा बोल्दै नक्सा निर्माण पछि जोखिम क्षेत्रको पहिचान गरि जोखिम न्युनिकरण गर्न सहज हुने बताउनुभएको हो ।
![](https://radiomission.org/wp-content/uploads/2025/01/Messenger_creation_BF3E9354-F23A-4BAF-9A9B-486BA468475A-933x700.jpeg)
गत नोभेम्बर १३ र १४ मा सर्वे तालिम लिएका सहजकर्ताहरुले तालिम पछि नोभेम्बर र डिसेम्बरमा डाटा संकलन गरेका थिए ।
वडामा रहेका स्रोत, कृषि फम, व्यवसाय, भौतिक संरचना, जोखिम बस्ति, मुख्य बस्ति, लगायतको डाटा संकलन गरिएको दक्षिण एसियालि क्षेत्रमा अन्तिम माइल सञ्चार सुदृढिकरण परियोजना एस एल एम सि परियोजनाका प्रोजेक्ट अफिसर दिपेश पोखरेलले जानकारी दिनुभयो ।
![](https://radiomission.org/wp-content/uploads/2025/01/Messenger_creation_ED89CBC1-0438-497D-BA9B-B53ABF753D5B-933x700.jpeg)
वडा नम्बर १, ३, ५, ७ र १० का संकलित डाटाहरुमाथि वडा अध्यक्षहरु,सदस्य लगायतसंगको छलफल पछि प्रमाणिकरण गरिएको हो । अन्य वडाका भने प्रमाणिकरण गरिसकिएको पोखरेलले जानकारी दिनुभयो ।
यसबाट वडाका प्रोफाइल तथा जोखिम नक्सा सबैले प्रयोग गर्न मिल्ने र इन्स्ट्यान्ट पोर्टलमा पनि राखिने नगरपालिकाका सुचना प्रविधि अधिकृत अर्पणा श्रेष्ठले जानकारी दिनुभयो ।
![](https://radiomission.org/wp-content/uploads/2025/01/Messenger_creation_273F43F9-9C77-4F16-B91F-206C7BFA6D29-933x700.jpeg)
यसबाट वडामा भएका स्रोत पहिचान, जोखिम बस्ति तथा समुदाय बेलैमा पहिचान गरि विपद्का बेलामा प्राथमिकता दिन सकिने श्रेष्ठले जानकारी दिनुभयो । नयाँ संरचना बनाउँदा जोखिम भए नभएको थाहा भै खुल्ला तथा सुरक्षित स्थान पहिचान गरि उक्त स्थानमा स्थानान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।