रक्तदानसँगै बाढीपीडितको सहयोगमा लायन्स क्लब

ललितपुर । आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं शुभ ताराले ललितपुरको मंगलबजारमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५४ प्रिन्ट रगत संकलन भएको छ। टीयू रक्तसञ्चार केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राजेश हिमालयले आफ्नो जीवनको ८३ औँ पटक […]

Continue Reading

इन्द्रावतीमा समग्र विकासको आधार बलियो बन्दै, शाखागत प्रगति उत्साहजनक

नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा भएका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न शाखाबाट सञ्चालन गरिएका कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ। समीक्षामा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पशु तथा कृषि, सामाजिक सुरक्षा, डिजिटल सेवा र उद्यम विकासलगायतका क्षेत्रमा काम गरेको विवरण प्रस्तुत गरिए पनि सीमित आन्तरिक स्रोत, कर्मचारी अभाव, योजना कार्यान्वयनमा […]

Continue Reading

सिम्पालकाभ्रे स्वास्थ्य चौकीलाई मोहनबहादुर गिरीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

​इन्द्रावती, सिन्धुपाल्चोक भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिने इन्द्रावती गाउँपालिका वडा नम्बर १ स्थित सिम्पालकाभ्रे स्वास्थ्य चौकीलाई विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ। समाजसेवी तथा शैक्षिक अभियान्ता मोहनबहादुर गिरीको एकल व्यक्तिगत सहयोगमा उक्त स्वास्थ्य सामग्रीहरू प्राप्त भएको हो। ​स्वास्थ्य चौकीमा आज अभियान्ता गिरीले अक्सिजन कन्सन्ट्रेटर, दुई थान फेटल डप्लर फेड्स्कोप, डिजिटल BP सेट, र वाटर […]

Continue Reading

मापदण्ड बिपरित संचालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, जिल्लाभर अनुगमन तीव्र

सिन्धुपाल्चोकको २ निजि अस्पताल र एक स्वास्थ क्लिनिक सिल गरिएको छ । सुनकोशी गाउँपालिका स्थित सिन्धु सदाबहार अस्पताल , बार्हबिसे नगरपालिका स्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र बलेफी गाँउपालिका स्थित पराजुली हेल्थ केयर प्रा.लि सिल गरिएको हो ।जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५२ र ५३ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) […]

Continue Reading

सिन्धुपाल्चोकको स्वास्थ्य उपलब्धि: पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक । नियमित खोप पाउनुपर्ने सबै बालबालिकाको पहुँच सुनिश्चित गरेपछि सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। तर सरोकारवालाले घोषणा मात्रै अन्तिम लक्ष्य नभई आगामी दिनमा कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण कायम राख्नु नै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा जिल्लाका १०३ वटै […]

Continue Reading

स्वस्थ शहर अभियानमा मेलम्चीका गतिविधिको समीक्षा, प्रभावकारिता बढाउने रणनीतिमा जोड

मेलम्ची । मेलम्ची नगरपालिकामा सञ्चालित ‘एक जिल्ला, एक स्वास्थ्य शहर’ कार्यक्रमको प्रगति तथा प्रभावकारिताको समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको संयोजकत्वमा भएको बैठकमा अभियानअन्तर्गत भएका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे छलफल गरिएको हो। समीक्षाका क्रममा नगर स्वास्थ्य सञ्जाल गठन, ओपन जिम स्थापना, खाद्य स्वच्छतासम्बन्धी अभिमुखीकरण, योग तथा जुम्बा कार्यक्रम, ज्येष्ठ नागरिक […]

Continue Reading

डेंगी नियन्त्रणमा समुदायको साथ: इन्द्रावती–११ मा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

डेंगी संक्रमणको जोखिम न्यूनीकरणका लागि इन्द्रावती गाउँपालिका–११ बोडगाउँमा समुदायस्तरीय ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको अभियानसँगै अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको हो। कार्यक्रममा घर–घर तथा वरपर रहेका पानी जम्ने स्थानको पहिचान गरी एडिस जातको पोथी लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने अभ्यास गराइएको थियो। जनस्वास्थ्य कार्यालयका […]

Continue Reading

इन्द्रावती–३ मा एकीकृत घुम्ती शिविर सम्पन्न, १ सय ४५ जनाको स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिकाले “सेवाप्रवाह घरदैलोमा” अभियानअन्तर्गत वडा नं. ३ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको साझेदारीमा आयोजित शिविरमार्फत स्वास्थ्य, राष्ट्रिय परिचयपत्र तथा पशुपक्षीसम्बन्धी सेवा एकै स्थानबाट प्रदान गरिएको हो। शिविरमा स्वास्थ्यतर्फ १ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। परीक्षण गरिएकामध्ये १ सय ३ महिला र ४२ पुरुष रहेका […]

Continue Reading

चौतारा साँगाचोकगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक, चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ। नगर स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा नगर प्रमुख तथा नगर खोप समन्वय समिति संयोजक कृष्णप्रसाद सापकोटाको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल, विभिन्न […]

Continue Reading

जलबिरेमा रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाद्वारा रक्तदान

“रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको जलबिरेमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका ५२ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नेहरूमध्ये आनन्द माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बचुराम भ०डारीले १८ औँ पटक रक्तदान गर्नुभएको जानकारी दिनुभयो । त्यसैगरी आनन्द माविका ५७ […]

Continue Reading