सिन्धुपुरानागाउँ माविकाे ७६ औँ बार्षिकाेत्सव एवम् ७० औँ अभिभावक सम्मेलन सम्पन्न

श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची ५ सिन्धुकाेटकाे ७६ औँ बार्षिकाेत्सव एवम् ७० औँ अभिभावक सम्मेलन तथा राष्ट्रिय एकता दिवस सम्पन्न भएकाे छ । बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङकाे प्रमुख आतिथ्यतामा र विव्यस अध्यक्ष राजेन्द्र रायमाझीकाे सभापतीत्वमा कार्यक्रम गरिएकाे हाे । बार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद खतिवडाले बार्षिक प्रगती प्रतीवेदन प्रस्तुत गर्नुभयाे । […]

Continue Reading

दुवाचौरका दुई सामुदायिक कृषि सहकारी संस्थाको वार्षिक साधारणसभा सयुंत्त रुपमा

दुवाचौर ।दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १३ औं र पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची ७ दुवाचौरको नवौं वार्षिक साधारणसभा सयुंत्त रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची (७ का अध्यक्ष पासाङ तामाङले सहकारीप्रति सदस्यको चासो कमि हुँदै गएको भन्दै संचालक समितिको कार्य र सहकारीको गतिविधिमा सदस्यले चासो दिनुपर्नेमा […]

Continue Reading

सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु ४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न

हेलम्बु । सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु (४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बुद्धिमान तामाङले सहकारीले आफ्नो निति, नियममा बसेर उदेश्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङले सदस्यहरुले पनि चासो कम दिँदा सहकारीहरुमा समस्या हुने गरेको बताउँदै सदस्यले सबै गतिविधिमा चासो राख्नु पर्नेमा जोड […]

Continue Reading

पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस – २०८१ हुने

 इन्द्रध्वज गणकाे आयाेजना र भाेटेकाेशी गाऊँपालिकाकाे प्रायाेजनमा पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस -२०८१ हुने भएकाे छ ।प्रतियोगिताकाे बारेमा शनिबार गणकाे कार्यालय चाैतारामा पत्रकार भेटघाटमा उक्त कुरा सार्वजनिक गरेकाे हाे । लिस्तिकाेट दुगुनागढी ट्रेल रेस पाँचौ संस्करणकाे रुपमा जिल्लाकाे ऐतिहासिक स्थलहरुकाे पहिचान दिलाउन, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने ध्ययले दाैड गरिने भएको हाे । साहसिक खेलकुदकाे […]

Continue Reading

सामुहिक बहुउदेश्यीय सहकारीकाे २१ औं साधारणसभा सम्पन्न

सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु -४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बुद्धिमान तामाङले सहकारीले आफ्नो निति, नियममा बसेर उदेश्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङले सदस्यहरुले पनि चासो कम दिँदा सहकारीहरुमा समस्या हुने गरेको बताउँदै सदस्यले सबै गतिविधिमा चासो राख्नु पर्नेमा जोड दिनुभयो । […]

Continue Reading

पत्रकार महासंघलाई नागरिककाे अगुवा संस्था बनाउछाैँ : अध्यक्ष दंगाल

नवलपुर । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चाेक जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष धुर्व दंगालले पत्रकार महासंघलाई नागरिककाे अगुवा संस्था बनाउने प्रतिवद्वता व्यक्त गर्नुभएकाे छ । ईन्द्रावती गाउँपालिकाकाे हिउँदे अधिवेशनकाे अवसरमा आयाेजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष दंगालले पत्रकारिता पेशालाई व्यवसायीक बनाउने बताउनुभयाे । पत्रकारकाे क्षमता अभिबृद्वि गर्ने विभिन्न तालिमकाे आयाेजना समेत गर्ने उहाँले बताउनुभयाे । […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

नवलपुर । इन्द्रावती गाउँपालिकाको सातौँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष झम्क नेपालको सभाध्यक्षतामा सम्पन्न अधिवेशनबाट विभिन्न प्रस्तावहरु पारित गरेको छ । गाउँसभाले ईन्द्रावती गाउँपालिका शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । गाउँपालिकाका प्रवक्ता एवं ५ नं. वडाका अध्यक्ष शशिनाथ आचार्यले सभामा पेस गर्नुभएको उक्त […]

Continue Reading

हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस : अध्यक्ष नेपाल

नवलपुर । सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले कुनै कमि कमजाेरी गरेकाे भए रचनात्मक आलाेचना गरिदिन पत्रकारलाई ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आग्रह गर्नुभएकाे छ । ईन्द्रावती गाउँपालिकाकाे हिँउदे अधिवेशनकाे अवसरमा आयाेजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष नेपालले भन्नुभयाे ‘हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस’ । रचनात्मक आलाेचना संगसंगै राम्रा कामकाे प्रचार गर्ने […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाद्वारा नवनियुक्त राजदुत र पत्रकारलाई सम्मान

नवलपुर । ईन्द्रावती गाउँपालिकाले नवनियुक्त राजदुत र पत्रकारलाई सम्मान गरेको छ । ईन्द्रावती गाउँपालिकाको हिँउदे अधिवेशनको अवसरमा गाउँपालिकाले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२ औं अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु साथै हालसालै दक्षिण अफ्रिकाका लागि नियुक्त हुनुभएका राजदुत कपिलमान श्रेष्ठलाई सम्मान गरेको गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो । सो अवसरमा मन्तव्य राख्दै […]

Continue Reading

पाँचपोखरी थाङपाल गाउँपालिकाको १६ औं हिउँदे अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक पारित

पाँचपोखरी थाङपाल गाउँपालिकाको १६ औं हिउँदे अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक पारित भएको छ । आज भएको सभाबाट उक्त विधेयक पारित भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । त्यस्तै सभाले बेरुजु फर्छेउटका लागि समपरिक्षण गर्ने महालेखा परिक्षकको कार्यालयमा अनुरोध गने तथा यस आर्थिक बर्षको हाल सम्मको खर्च अनुमोदन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेँलले […]

Continue Reading