इन्द्रावतीमा पुनरुत्थान उत्सवका अवसरमा सरसफाइ तथा प्रभातफेरी

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । Easter (जेसस क्राइस्टको पुनरुत्थान दिवस) को अवसर पारेर इन्द्रावती गाउँपालिका इसाई एकता समाजले आज नवलपुर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम तथा प्रभातफेरी आयोजना गरेको छ। “पुनरुत्थान उत्सव” लेखिएको ब्यानरसहित स्थानीय इसाई धर्मावलम्बीहरू नवलपुर बजार क्षेत्रमा भेला भई सरसफाइ अभियान सञ्चालन गर्नुका साथै प्रभातफेरीमार्फत पुनरुत्थानको सन्देश फैलाएका थिए।

कार्यक्रममा करिब १५० जना इसाई धर्मावलम्बीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले “येशुले भन्नुभयो— पुनरुत्थान र जीवन म नै हुँ” भन्ने सन्देशसहित धार्मिक महत्व झल्काउने गतिविधि गरेका थिए।

उक्त कार्यक्रममा पास्टर पदम प्रसाद घोरासैनी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने इन्द्रावती गाउँपालिका इसाई एकता समाजका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमका क्रममा भजन–कीर्तन तथा वचन प्रचारसमेत गरिएको आयोजकले जनाएको छ।

Leave a Reply