स्थानीय तहकाे विवाद, स्थानीय तहमै निरूपणकाे नारा सहित : मेलम्चीमा मेलमिलापकर्तासँग अन्तरक्रिया

मेलम्ची । “स्थानीय तहको विवाद, स्थानीय तहमै निरूपण, हाम्रो अभियान” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिकामा मेलमिलापकर्ताहरूलाई लक्षित गरी न्यायिक पहुँचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा प्रधानले मेलमिलापलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मेलमिलापकर्तालाई सक्रिय र जनसेवामुखी बन्न आग्रह गर्नुभयो। उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकामा […]

Continue Reading

पुनर्निर्माण पछी यस्ताे देखियाे दुगुनागढी

भोटेकोशी गाउँपालिका–३ मा अवस्थित १६० वर्ष पुरानो ऐतिहासिक दुगुनागढीको पुनर्निर्माण गरिएको छ ।  बागमती प्रदेश सरकारले ३० लाख रुपियाँ उपलब्ध गराएपछि दुगुनागढीको पुनर्निर्माण गरिएको हो । दुगुनागढीलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकको लागि दुगुनागढी पुनः आकर्षणको केन्द्र बन्न थालेको उक्त वडाका अध्यक्ष निमासोना शेर्पाले जानकारी दिनुभयो । विसं. १९९२ मा नेपाल–तिब्बतबिच भएको लडाइँमा नेपालको युद्ध […]

Continue Reading

तातोपानी धाराका नवनिर्मित स्नान गृह सर्वसाधारणको लागि खुला

सिन्धुपाल्चोक नेपाल–चीन सीमा क्षेत्रको भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धाराका नवनिर्मित स्नान गृह सर्वसाधारणको लागि खुला गरिएको छ। भेटेकोशी गाउँपालिकाले ६ करोड लागतमा निर्माण गरेको स्नान गृहलाई नेपाल सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार उद्घाटन गरेसँगै सर्वसाधारणको लागि खुला गरिएको हो।  स्नान गृहको उद्घाटन गर्दै मन्त्री राणाले नेपालको तर्फबाट तातोपानी नाकाको विकास लागि […]

Continue Reading

करेन्ट सर्ट हुँदा जुगलमा पाँच घर जले : ६० लाख बराबरको क्षति

करेन्ट सर्ट भएर आगलागी हुँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३, हाब्रामा पाँचवटा घर पूर्ण रूपले जलेका छन्। मानवीय र पशुचौपायाको क्षति नभए पनि दैनिक प्रयोग गर्ने घरायसी वस्तु अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र गहना जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयाे। एक्कासि करेन्ट सर्ट भएर सुरुमा एउटा मात्रै घरमा आगलागी […]

Continue Reading

इन्द्रावतीमा चौथो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुने

इन्द्रावती गाउँपालिकाको आयोजनामा चौथो अध्यक्ष कप खुल्ला शिल्ड फुटबल प्रतियोगिता २०८२ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी र सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गरेको छ। गाउँपालिकाको वडा नं. ५ स्थित खेल मैदानमा हुने प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया बैशाख १५ गतेसम्म खुला गरिनेछ। एक […]

Continue Reading

ईन्द्रावती ८ मा अपाङ्गता भएकाहरूलाई बाख्रा वितरण

वडा नम्बर ८ का वडाध्यक्ष डिलकुमार श्रेष्ठले १७ जना अपाङ्गता समावेशी कृषकहरूलाई आज बाख्रा वितरण गरेका हुन् । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ र सामुदायिक विकास तथा वातावरण शंरक्षण मञ्सिच नेपाल (CDECF) सहयोगमा  कृषकहरूलाई बाख्रा वितरण गरिएको छ। बाख्रा पछि वडा नम्बर ८ का वडाध्यक्ष डिल बहादुर श्रेष्ठले वडा भित्रको अपाङ्गता समावेशी कृषकहरूको आर्थिक पक्षमा […]

Continue Reading

हेलम्बु र पाँचपोखरीमा पहिरोमा आधारित कृत्रिम घटना अभ्यास सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा रहेको जोखिमयुक्त समुदायहरुमा पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरिएको छ । अस्ट्रेलियन एड, प्राक्टिकल एक्सनको आर्थिक सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मंञ्च (सि. डि. ई. सि. एफ) को प्राविधिक सहयोगमा १० समुदायमा कृत्रिम घटना अभ्यासमा गरिएको छ । जस अन्तर्गत हेलम्बु गाँउपालिकाको बोल्दे, खर्केडाँडा, पातिङ र […]

Continue Reading

मेलम्ची नगरपालिकाद्वारा विद्यालय शिक्षा ऐन जारी गर्ने वातावरण निर्माण गर्न सरकारकाे ध्यानाकर्षण

मेलम्ची । शिक्षक–कर्मचारीहरूको आन्दोलनका कारण उत्पन्न संकटलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाले ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन’ जारी गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।देशभरका शिक्षकहरू विद्यालय नै बन्द गरी राजधानी केन्द्रित आन्दोलनमा सहभागी भई शैक्षिक हड्ताल गरिरहेका कारण माद्यमिक शिक्षा (एसइई) परीक्षा र आधारभूत तह (कक्षा- ८) को […]

Continue Reading

आधारभूत तह उत्तीर्ण परीक्षामा हेलम्बुका ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

हेलम्बु । हेलम्बु गाउँपालिकाले २०८१ को आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा प्रकाशन गरेको छ। चैत्र ७ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको परीक्षाको परीक्षाफल गाउँपालिकाले आज प्रकाशन गरी सार्वजनिक गरेको हो। जसमा ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २६९ विद्यार्थीहरू मध्येबाट २४३ जना उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै […]

Continue Reading

थाङ्पालकोटका ४५ महिलालाई मकैको खोस्टाको चकटी बुन्ने तालिम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिका -४ का महिलाहरुलाई खोस्टाबाट चकटि बुन्ने ७ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष टासी लामाले परम्परागत सिपहरुलाई संरक्षण गर्न यस तालिमको आयोजना गरिएको बताउनुभयो ।अहिले पुराना चिजहरुको महत बढ्दै गएको बताउँदै यसको संरक्षणमा पालिका लागि परेको बताउनुभयो […]

Continue Reading