सिपाघाटको मोटरेबल पुल जिर्ण बन्दै, शंरक्षणका लागि कार्यदल गठन

ईन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने मोटरेबल पुल शंरक्षणमा स्थानिय सरकारले चासो देखाएका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ को विषेश पहलमा जिर्ण बन्दै गरेको पुल शंरक्षणका लागि कार्यदल गठन गरीएको हो । आज ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ जोड्ने पुल शंरक्षणका लागि कार्यदल गठन भएको […]

Continue Reading

‘बा’ काे काँधकाे भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौं होला ?

सुजाता सापकोटा पितृ देवो भवः ।अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे […]

Continue Reading

ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु

ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सञ्चालन भईरहेको छ । जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम भईरहेको छ । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ । तालिमको […]

Continue Reading

सिन्धु पुत्र राजेश थाइल्यान्डमा अन्तराष्ट्रिय लायन बेष्ट प्रेशिडेन्टबाट सम्मानित

Lions Club of Kathmandu Fellowship को पूर्व President समाजसेवि राजेशदास हिमालय थाइल्यान्ड को राजधानी बैंककमा आयोजित एक समारोहका बिच Asia International Lion Best President of 2024 Award बाट सम्मानित हुनुभएकाे छ । शैलि मिडिया नेटवर्क प्रा.लिको ८ औं बार्षिकाेत्सवको अबसरमा बैककमा आयोजित कार्यक्रममा Lions Best President International Awards 2024 बाट उहाँलाई सम्मानीत गरीएको हो । […]

Continue Reading

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानलाई अनुदान दिने 

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानहरूलाई अनुदान दिने भएकाे छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा साे कुरालाई समेटेकाे छ ।  मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । जसमा कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन […]

Continue Reading

इन्द्रावतीमा भेटियाे लिच्छविकालीन अभिलेख

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ । गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन […]

Continue Reading

मेलम्ची ९ मा ४५ दिने गलैंचा बुनाई तालिम सम्पन्न

मेलम्ची -९ मा सञ्चालित ४५ दिने गलैँचा बुनाई तालिमको समापन गरिएको छ । “सीप सिकाै स्वराेजगार बनाै” भन्ने मान्यताका साथ मेलम्ची नगरपालिकामा प्रत्येक वडामा आत्मनिर्भर बनाउने अभियानकाे सार्थकता दिन मेलम्ची नगरपालिका वडा न ९ मा बैशाख ९ गते देखि सञ्चालित गरिबी निवारणका लागि लघु उद्घम विकास कार्यक्रम अन्तर्गत सीप विकासका लागि ४५ दिने गलैँचा बुनाई […]

Continue Reading

बढ्दाे गर्मि छल्ने गन्तव्य बन्दै ईन्द्रावती नदी

गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ । केटाकेटी, युवादेखि वृद्धहरु अहिले इन्द्रावती नदीमा पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन् । विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने […]

Continue Reading

४४ जनाले लिए , १५ दिने बारिष्टा (कफी) तालिम

बाणिज्य कार्यालय र चाैतरा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयाेजना गरेकाे १५ दिने( कफी) बारिष्ता तालिम ४४ जनाले लिएका छन् । जेठ २ गतेबाट अरनिकाे रिसोर्ट प्रा.लि. चाैतारामा सञ्चालित तालिम १६ गतेसम्म चलेकाे थियाे । तालिमकाे एक कार्यक्रमकाे आयाेजना गरि बिहिबार समापन गरिएकाे छ । तालिम समापनमा बाेल्दै नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले […]

Continue Reading

२५६८ औं बुद्ध जयन्तीको अवसरमा गिरान्चाैरमा धार्मिक प्रवचन

गिरान्चाैरमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको नम्डोलली· सा· गुम्बाको आयोजनमा धार्मिक प्रवचन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रवचक जेचुन सा·े खाण्डो रिम्पोर्छे, प्रपचक खेन्पो पाल्साङ नोर्बु बोम्जनले बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्म देशना प्रवचन दिनुभएको हो । कार्यक्रम […]

Continue Reading