समाजसेवी शर्माको जन्मदिन अनाथालय र वृद्धाश्रममा

* # जीवन शैली विविध समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएकी रमिला शर्मा पौडेलले आफ्नाे जन्मदिनको अवसरमा अथनाथालय तथा बृद्धाश्रममा मनाउनुभएको छ । बृद्धाश्रम तथा अनाथालयमा रहेका  आमाबुबा तथा बालबालिकालाई  उहाँले आर्थिक सहयोग गर्नुभएको हो ।

जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले आश्रममा रहेका आमाबुबाको लागि सहयोग गरेको शर्माले बताउनुभयो । आफ्नो जन्मदिनमा अरु कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेको उहाँको भनाई छ । 

सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका उहाँले विद्यालय समयमा सहयोग गर्दै आउनु भएकी शर्माले सिन्धुपाल्चोकका विभिन्न विद्यालय तथा पालिकामा सहयोग गरिसक्नु भएको छ । शर्मा लायन्स क्लब अफ सिन्धुपाल्चोक काठमाडौंको अध्यक्ष पदमा हुनुहुन्छ, यस्तै बदन कुमारी शर्मा पौडेल सामाजिक ट्रस्ट नेपालको अध्यक्ष र महिला संघ सिन्धुपाल्चोकको सहसचिव पदमा रही सामाजिक काम गर्दै आउनुभएको छ ।

उहाँले यसअघि विभिन्न १ सय भन्दा बढि वृद्धाश्रम तथा अनाथालयहरूमा सहयोग गरिसक्नुभएको छ। आगामी दिनमा पनि आफ्नो सहयोगलाई निरन्तरता दिने उहाँको भनाई छ। 

शर्मा संघीयतापछिको पहिलो सामुदायिक रेडियो रेडियोमिसन १०५ थपलो ३ मेगाहर्जको आजीवन सदस्य समेत रहनुभएको छ। उहाँले रेडियोको चौतर्फी विकासको लागि आर्थिक भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

Leave a Reply