रेडियो मिसन ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शिखरपुरमा सुरु भएको छ । वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति मेलम्ची न.पा. १० शिखरपुरको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा वडा भित्रका ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
खेल उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष अमृत खनालले खेल क्षेत्रलाई प्राेत्साहन गरि युवाहरूमा उर्जा थप्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । वडाले छाेटाे समयकाे तयारीका बिचमा पनि राम्रो सहभागीता रहेकाे बताउँदै सहभागी खेलाडीहरूलाई अनुसासित भएर खेल खेल्न आग्रह गर्नुभयो ।
वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति संयोजक प्रल्हाद ढुङ्गेलको सभापतित्वमा भएको कार्यक्रममा वडा प्रतिनिधिहरू ज्ञान बहादुर अधिकारी, कौशिला नेपाली, बुद्धिमान माझी, अम्बिका बस्नेत बद्रिनाथ अधिकारी, प्रताप सिंह तामाङ, सविता थापा शीतलादेवी माद्यामिक बिद्यालयका अध्यक्ष- ध्रुब खड़का, प्रधानाध्यापक रुद्र ब. चापागाई लगायतको सहभागीता रहेको थियो ।





