शुभकामना सहकारीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

* # मनोरञ्जन समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मेलम्ची–११ ले तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ ।

मेलम्ची कम्युनिटी अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सहकारीका विभिन्न समूह तथा सदस्यहरूले प्रतियोगात्मक नृत्य, गीत तथा सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जनसँगै सन्देशमूलक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा चेलीहरूको बेदना, महिला हिंसा न्यूनीकरण र सहकारीका सन्देशलाई प्रस्तुति मार्फत उजागर गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, निवर्तमान उपप्रमुख भगवती नेपाल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका पूर्व उपाध्यक्ष रामकृष्ण चालिसेसहितका अतिथिहरूले तीज पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वलाई विकृति–विसंगति मुक्त बनाएर संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सहकारीलाई निरन्तर सदस्यहरुले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।


सहकारीका अध्यक्ष रुद्रप्रसाद दुलालले शुभकामना सहकारीले चाडपर्व, संस्कृति जगेर्ना गर्ने मात्र नभई विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
सहकारीले सदस्यहरुको हितमा बिभिन्न कार्यक्रम गरिरहेको सहकारीका व्यवस्थापक मन्जु दाहालले जानकारी दिनुभयो ।

कार्यक्रमको सन्चालन सहकारीका संस्थापक प्रतिमा धितालले गर्नुभएको थियो ।

Leave a Reply