नवलपुर
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले सुनौलो १००० दिने आमालाई पोषण थाली प्रदान गरेको छ । सो पोषण थाली दिएर स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम, दीगोपना र पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी उद्वाटन गरिएको थियो ।
बच्चा ६ महिना पुगेर पास्नी गरेको अवसरमा सो थाली प्रदान गरिएको हो । स्तनपान संगसंगै पोषिलो खानेकुरा खानुपर्दछ भन्ने सन्देश सहित सो थाली प्रदान गरिएको हो । थालीमा पोषिलो खानेकुराहरू अण्डा, दाल, गेडागुडी, फलफुल, आयोडिनयुक्त नुन लगायत छन ।
कार्यक्रमको अवसरमा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले मानव सरिरको लागि पोषण नभई नहुने तत्व भएको बताउनुभयो । इन्द्रावती गाउँपालिकाको पोषण कार्यक्रमले १००० दिने सुनौलो आमाहरूलाई राहात पुग्ने उहाँले जानकारी दिनुभयो । यस कार्यक्रमले पोषणको अवस्थामा सुधार हुने गाउँपालिकाको बिस्वास छ ।
आर्थिक बर्ष २०७८ र ०७९ सालमा पनि गाउँपालिकाले पोषण सुधारका कार्यक्रमहरू गरेको थियो । यस पोषण सुधार कार्यक्रमले सिन्धुपाल्चोक जिल्ला लाई चिनाउन सफल हुने बताइएको छ ।
स्वास्थ्य र पोषण क्षेत्रमा इन्द्रावती गाउँपालिकालाई कस्तो बनाउने भन्ने खाका २ दिनमा तयार पारेर गाउँपालिका लाई हस्तान्तरण गर्ने सुआहारा दोस्रो कार्यक्रमका केन्द्रीय कार्यालयका सुनिल खतिवडाले जानकारी दिनुभयो । राष्ट्र परिवर्तन गर्न पोषणमा लगानी बढाउन जरूरी रहेको उहाँले बताउनुभयो। सो कार्यशाला गोष्ठी २ दिनको हुनेछ ।