स्व बिकास लामा सच्चा र जनप्रिय नेता हुनुहुन्थ्यो : नेता गोर्खाली

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामा एक सच्चा र जनप्रिय नेता भएको नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बहादुर गोर्खालीले बताउनुभएको छ ।

४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा मन्तब्य राख्दै नेता गोर्खालीले अब यस जिल्लामा बिकास लामा जस्तो नेता पाउन कठिन रहेको बताउनुभयो ।

स्व लामाले कांग्रेसलाई जिल्लामा चौथो पार्टी बाट पहिलो पार्टी बनाउन महत्वपुर्ण भुमिका खेलेको गोर्खालीले धारणा राख्नुभयो । तर आफ्नै वडा बाट न्याय पाउन नसकेको उहाँले बताउनुभयो । “म सिन्धुपाल्चोक आउँदा पार्टी कार्यालयको पिल्लर मात्र ठडिएको थियो । मैले १० लाख ब्यक्तिगत सहयोग गरेँ । त्यसपछि सबै जनाले सहयोग गर्नुभयो र अहिले पार्टी कार्यालय ठडिएको छ,” गोर्खालीले भन्नुभयो ।

स्वर्गीय बिकास लामाको सालिक बनाउने काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । स्व बिकास लामा प्रति सच्चा श्रद्वाञ्जली दिने हो भने बिपि स्मृति भवनमा कांग्रेसको पार्टी कार्यालय राख्न जरूरी रहेको उहाँको भनाई थियो ।

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा स्वर्गीय लामा प्रति नेपाली कांग्रेसका नेताहरू द्वारा श्रद्वाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रम जिल्ला सभापती जंग बहादुर लामाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकका सभापति आइतमान तामाङको सभापतित्वतामा सम्पन्न भएको हो ।

Leave a Reply