इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा स्थानीयले लगाएकाे ताला खाेलिएकाे छ। आज वडावासी तथा वडाका राजनीतिक दलहरूको सहभागितामा वडामा ताला खाेलिएको हो।
वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने विषयमा रहेकाे विवादका कारण ताला लगाईएकाे थियो। यस वर्ष ठेक्का लागिसक्दा पनि वडा कार्यालय बनाउने स्थानकाे विषयमा सहमति नजुटेकाे हाे।
आज वडा अध्यक्ष भिमसेन थापा लगाएतसंग छलफल गरि गाउँपालिकामा गई समस्याको समाधान खाेज्ने गरि ताला खाेलिएकाे वडा सचिव निराजन गिरीले जानकारी दिनुभयाे ।
वडा कार्यालय निर्माणको लागी नागरिककाे राेजाईकाे ठाँउमा हुनुपर्ने भन्दै स्थानिय राजनितीक तथा नागरीकले आवाज उठाँउदै आएका छन् । वडा कार्यालय सबैलाई सहज पहुँच हुने र सहजता हुने खालको ठाउँमा हुनुपर्ने उनिहरूकाे माग रहेकाे छ ।
वडा अध्यक्ष भीमसेन थापाले भने यसअघि नै जग्गा खोज्नको लागि सर्वदलीय समितिलाई अधिकार दिए पनि सो समितिले जग्गा खोज्न नसक्दा समस्या आएकाे बताउनुभएको छ। उचित ठाउँका लागि सहमति नभएका कारण खुतुमे डाँडालाई नै वडा कार्यालय कायम गरिने गरि ठेक्का लागिसकेकाे उहाँले बताउनुभएको छ। कुल १ करोड २१ लाख हाराहारीमा ठेक्का लागिसकेको उहाँले जानकारी दिनुभएको छ।