सिन्धुपाल्चोक १ मा माओवादीबाट सभामुख सापकोटा सहित ३ जना सिफारिस

* # राजनीति समाचार सिन्धुपाल्चोक

चौतारा

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा सभामुख अग्नि प्रसाद सापकोटा, फूलम तामाङ र माधव सापकोटा सिफारिस हुनुभएको छ । यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ।

गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन।

त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ र पूर्णबहादुर तामाङ, दलितबाट गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ । प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ ।

त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ, ज्ञानेन्द्रबहादुर गुरुङ र आशा गुरुङ शेर्पा, दलितबाट राजु खाती, अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा, प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिक तर्फ खस आर्य अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, र पदम श्रेष्ठ, दलितबाट सागर परियार र सुभाष सुन्दाश, अपाङ्‌गबाट टिकाराम पराजुली सिफारिस हुनुभएको छ ।

Leave a Reply