रबिन दनुवार, नवलपुर ।
इन्द्रावती गाउपालिका र हेफर अन्तर्राष्ट्रिय नेपाल संस्था बिच लागत साझेदारीको तयारी भएको छ । कृषि तथा पशु कार्यक्रम लक्षित परियोजनाका लागि पालिका र संस्था बिच लागत साझेदारीको तयारी भएको हो । पालिकाका जनप्रतिनिधि र संस्थाका प्रतिनिधिहरु बिच पहिलो चरणको बैठक बसेको हो ।
बैठकमा पालिका अध्यक्ष झम्क नाथ नेपालले कृषि र पशुपालन इन्द्रावतीका जनताहरुको प्रमुख पेसा रहेको जानकारी दिँदै पालिका हिमाल, पहाड, तराई जस्तै तीन प्रकृतिको हावापानी रहेकोले हावापानीको अनुकूलतालाई मध्येनजर गरि कृषि र पशु उत्पादनमा जोडदिनुभयो । इन्द्रावतीलाई कृषि उपजमा आत्मनिर्भर बनाउनमा संस्था सँग साझेदार गर्न आवश्यकता रहेको नेपालले बताउनुभयो ।
हेफर अन्तर्राष्ट्रिय नेपाल संस्थाका संयोजक कृष्ण कट्टेलले स्थानीय सरकारले आव्हान गरे अनुरुप पालिका सँग कृषि र पशुपालन लक्षित गरि लागत साझेदारीको प्रस्ताव लिएर आएको बताउनुभयो । अहिलेको परियोजनामा संस्थाले ३० % लागत साझेदारी गर्ने भएको उहाले बताउनुभयो । परियोजना परिवार लक्षित रहेको तर परिवार मध्ये महिलालाई प्राथमिकतामा रखेर परियोजना अघि बढाउने बताउनुभयो ।
४ बर्षको लागि परियोजनाको प्रस्ताव गरिने कट्टेलले बताउनुभयो। कृषि र पशुबाट आम्दानी वृद्धि गराउने लक्षका साथ कृषि र पशुपालनकालागि पोरियोजना अघि सारेको उहाले बताउनुभयो । संस्था गैह्रनाफा मुलक रहेको बताउनुभयो । हेफरले स्थानीय साझेदार संस्था अन्तरगत कामगर्ने भएकोले CDECF संस्था सँग साझेदार गरि परियोजनाको काम गर्ने र जसका लागी आइतबार प्रस्ताव पेश गर्ने गरि तयारी गरिरहेको उहाले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष शोभना तामाङले नवलपुरमा संकलन केन्द्र स्थापना गरेको तर निरन्तरता नभएको बैठकमा औल्याउनुभयो । पालिकाको कृषि र पशु बाट भएका उत्पादनहरु बजारीकरणका लागी सहरमा निर्यात गर्नुपर्नेमा तामाङले जोडदिनुभयो । संकलन केन्द्रको स्थापना र सञ्चालनले किसानको अन्योलता कमहुने र कृषिउपजले स्थान पाउने उहाले बताउनुभयो ।
पालिका प्रमुख प्रसासकिय अधिकृत राम प्रसाद सर्माले उच्च मुल्य भएका बस्तुहरुको पहिचान, कृषिमा अनुदान, विक्रिमा आधारित अनुदान, कृषि सहकारी मार्फ अनुदान, संकलन केन्द्रको स्थापना र प्रशोधन केन्द्रको स्थापना जस्ता विषयमा गहन छलफल गर्नुपर्ने र उचित निश्कर्षमा पुग्नुपर्नेमा जोडदिनुभयो । गहत, मास जस्ता खाद्य बस्तुहरु पालिकाको तल्लो भेगमा राम्रो हुने गरेको पनि उहाँले बताउनुभयो ।