सुनकोशी गाउँपालिकाको आयोजनामा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु बिच अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न भएको छ । प्रतियोगीतामा सुनकोशी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा जाल्पा मावि कोठे प्रथम,वाघभैरव मावि ठोकर्पा दोस्रो, महेन्द्रदोय मावि तृतिय र गणेश मावि चौथो भएको थियो ।
विजयी विद्यार्थी तथा विद्यालयहरुलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ र प्रशासन शाखा प्रमुख युगबहादुर खडकाले प्रमाण–पत्र र पुरस्कार प्रदान गर्नुभएको थियो ।