रेडियो मिसन ।
मेलम्चीमा व्यवसायिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर उद्योग वाणिज्य संघ मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रमको नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले स्थानिय सरकारले लिने कर र आन्तरिक राजस्व कार्यालयले लिने कर फरक भएकाले यसबारे बुझ्नका लागि आग्रह गर्नुभयो ।
उहाँले अझैपनि केहि कानुनी कारणले गर्दा ब्यबसायीहरु मारमा परेको उल्लेख गर्दै ब्यबशायीका समस्या समाधानका लागि पहल गरिदिन राजस्व कार्यालय धुलिखेलका प्रमुखलाई आग्रह गर्नुभयो । उहाँले ब्यबशाय सञ्चालन गरेपछि अनिवार्य दर्ता गर्न र बन्द गरेपछि दर्तारद्ध गर्नसमेत सुझाउनुभयो । नगर प्रमुख तामाङले उद्योगिहरु मिलेर अर्को ठुलो उद्योग खोल्नका लागि समेत सुझाव दिनुभयो ।
नगरपालिकाको आगामि निति तथा कार्यक्रममा समेट्ने गरी एउटा योजना बनाएर आउन समेत तामाङले आग्रह गर्नुभयो । उहाँले यहाँको दुध,आलु,मासु लगायतको सामग्रीलाई राखेर विभिन्न परिकार बनाउने र हाम्रै बजारमा उपलब्ध गराउनेगरी योजनाबद्ध ढंगले अगाडी बढ्न सुझाउनुभयो । नगर प्रमुख तामाङले नगरपालिका बाट आवश्यक सहयोगका लागि सधैं तयार रहेको बताउनुभयो । उहाँले ट्राफिक ब्यबस्थापनका लागि छिट्टै बसपार्क सञ्चालन गर्ने,बाढीपछि निम्तिएका समस्या समाधानका लागि उद्योग वाणिज्य सघंसँग समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले मेलम्चीलाई सुन्दर र रमणिय बनाउनका लागी ब्यापारी तथा ब्यबशायीहरुको ठुलो भूमिका हुने बताउनुभयो । बजार ब्यबस्थापनका लागि नगरले सिसि क्यामेरा राखेको उल्लेख गर्दै अझै अपुग रहेका स्थानहरुमा समेत यो बर्ष बजेट ब्यबस्थापन गरेर पुरा गर्ने बताउनुभयो । उहाँले सेक्युरेटि गार्ड राख्ने,बजारको सडकबत्ति जडान गर्ने, तरकारी फलफुलका लागी छुट्टै स्थान तोक्दै समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
उपप्रमुख उमा प्रधानले ब्यबशायीका धेरैसमस्या रहेको आफुलाई अवगत रहेको बताउनुभयो । उहाँले समस्याको समाधान गर्दै अगाडि बढ्ने कुरामा नगरपालिका सधैं तयार रहेको बताउनुभयो ।
उपप्रमुख उमा प्रधानले बजार अनुगमनमा जाँदा मिति गुज्रेका सामाग्रीहरु धेरै भेटिने गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गर्दे नगर उद्योग वाणिज्य सघंले निति नियम बनाउँदै सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानले यहिँका किसानले उत्पादन गरेका तरकारी तथा खाद्य सामग्रीहरु लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । हाट हजार सञ्चालन गर्नेतर्फ पनि सोच्नपर्ने बेला आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष चन्द्र तामाङले बजारमा देखिएका समस्या समाधानका लागि आफुले सधैं पहल र प्रयत्न गर्ने बताउनुभयो । ब्यापारी तथा ब्यबशायीहरुको समस्या समाधानका लागी उद्योग वाणिज्य सघंसँग समन्वय गर्दै ब्यबस्थित,आकर्षित र सुन्दर मेलम्ची बजार बनाउन लागिपर्ने बताउनुभयो ।
आन्तरीक राजस्व कार्यालय धुलिखेलका प्रमुख हरिप्रसाद तिमल्सिना,कर अधिकृत सन्दिपकुमार मण्डल लगायतले करका बारेमा जानकारी गराउनुभएको थियो । ब्यबशाय दर्तागर्ने तरीका,आवश्यक कागजपत्र,दर्ताभएपछि गर्नुपर्ने काम, प्यान लिनका लागि आवश्यक प्रक्रिया लगायतका विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका ब्यापारी तथा ब्यबसायीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सभापति एवम् नगर उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्कर धितालले मेलम्चीमा करिव ४ सय उद्योगी तथा ब्यबशायी रहेको जानकारी दिनुभयो । उहाँले स्थानिय स्तरमै उत्पादन हुने सामग्रीलाई प्राथमिकता दिनपर्ने बताउनुभयो ।।