रेडियो मिसन, नवलपुर ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधीलाई पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दा र कर्तव्य ज्यान मुद्दामा सजाय तोकेर फरार भएका इन्द्रावती गाउँपालिकाका २ जनालाई पक्राउ गरेको हो ।
हातहतियार खरखजाना मुद्दामा २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाँय भई फरार भएका ईन्द्रावती गाउँपालिका.वडा नं ८ का ५९ वर्षिय लोक बहादुर तामाङ र कर्तव्य ज्यान मुद्दामा ५ महिना ७ दिन कैद र तिस रुपैँया जरिवाना सजाँय भई फरार रहेका ईन्द्रावतीकै वडा नम्बर ५ का ५३ वर्षिय एक बहादुर वि.क.लाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
उनिहरुलाई लागेको कैद जरिवाना सजाय असुल उपरका लागि आजै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।