बाहुनेपाटिमा अपांगता भएकाहरुका लागि कपाल काट्ने तालिम सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
अपांगता अधिकार मञ्च मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा आयोजना गरिएको १० दिने कपाल कटाइ तालिमको शनिबार बाहुनेपाटिमा उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान , मेलम्ची (१२ का अध्यक्ष गणेश तामाङ लगायतले उक्त तालिमको उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानले सरकारले गरेको लगानी खेर जानु नहुनेमा जोड दिनुभयो । उहाँले अहिले तालिम लिने र्यसको सदुपयोग नगर्ने गर्दा लगानी खेर जाने गरेको बताउदै तालिम लिए पछि यसलाइ आय अर्जन संग जोड्नु पर्नेमा जोड दिनुभयो । अगिल्लो बर्ष झोल साबुन बनाउने तालिम दिएको बताउदै यसको प्रतिफल आउन नसकेको गुनासो गर्नुभयो ।उहाँले कपाल काट्ने सुविधा गाउँ गाउँमा हुँदा स्थानीयको बजार सम्म पुग्न लाग्ने पैसा र समय बचत हुने बताउनुभयो ।आयअर्जनमा जोडिनेलाइ थप सहयोग गर्ने उहाँको भनाइ छ ।

त्यस्तै वडा अध्यक्ष गणेश तामाङले कार्यक्रम कार्यक्रममा मात्र सिमित नहोस भन्दै आय आर्जनलाई जोड्न सिकेको सीप सदुपयोग र काम निरन्तरता हुनु पर्नेमा जोड दिनुभयो । मेलम्चीका १३ वडाका ग र घ बर्गका २६ जना सहभागी रहेको महिला वालबालिका तथा समाबेसिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सोम दुलालले जुनसुकै पेशाको सम्मान गर्न आग्रह गर्नुभयो । सीप भएको मान्छेलाइ हेर्ने नजर फरक हुने दुलालले बताउनुभयो । प्रशिक्षक श्यामनाथ ढकालले सहभागीलाई प्रशिक्षण गराउनुहुनेछ । त्यस्तै आजै मेलम्ची (१२ का ७५ बर्ष माथी उमेरका ८४ एकल महिला लाई सम्मान समेत गरिएको छ ।

Leave a Reply