नेकपा एमाले ईन्द्रावती गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिवार शपथ ग्रहण गरेका छन ।
नवनिर्वाचित अध्यक्ष डबले लामालाई प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद सापकाेटा र अन्य पदाधिकारी तथा सदस्यलाई नवनिर्वाचित अध्यक्ष लामाले शपथ ग्रहण गराउनुभएकाे हाे ।
दाेस्राे अधिवेशनबाट निर्वाचित पालिका कमिटिका ४ पदाधिकारी तथा ५३ सदस्यलाई लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे ।
५९ सदस्यीय कमिटि हुनपर्नेमा अपाङ्ग खुल्ला सदस्य चयन हुन बाँकी रहँदा ५८ जनाले मात्र शनिवार सपथ ग्रहण गरेका हुन । जम्मा सदस्य संख्याकाे १० प्रतिशत सदस्य मनाेनित हुने प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद सापकाेटाले जानकारी दिनुभयाे ।
कार्यक्रममा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सापकाेटा, प्रमुख अतिथि नेकपा एमाले स्थाई कमिटी सदस्य शेर बहादुर तामाङ र अध्यक्ष मण्डल, अध्यक्ष, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य राम बहादुर सुनारले प्रमाणपत्र बितरण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्षमा डबले लामा, उपाध्यक्ष प्रकाश मैनाली, सचिव खिल प्रसाद आचार्य, उप सचिव कमल पाण्डे र उपसचिव सीता तिरूवा रहेका छन ।
सो अवसरमा अध्यक्ष लामाले निर्वाचन मार्फत नेतृत्व चयनको क्रममा र अन्य विभिन्न कारणले जिम्मेवारीमा समेटिन नसकेका राजनीतिक नेताहरुलाई नवनिर्वाचित कमिटीले समेटर एमालेलाई एकताबद्द पार्टीको रुपमा अघि बढाउने प्रतिबद्दता जनाउनुभयाे ।
कार्यक्रममा एमाले नेता शेर बहादुर तामाङ, जिल्ला कमिटि अध्यक्ष हाेम नारायण श्रेष्ठ, नेता झम्कनाथ नेपाल, नेता सुवास कर्माचार्य, निवर्तमान अध्यक्ष शशिनाथ आचार्य लगायतका नेताहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे।