मेलम्ची नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा विपद् प्रभावित निजी आवास पुर्ननिमार्णको हालसम्मको प्रगती,विपद् प्रभावित लाभग्राही सिफारिस,विपद् सँग सम्बन्धीत विभिन्न योजना तथा कार्यक्रममा भएका खर्च अनुमोदन र पूर्व सुचना प्रणाली जोखिम सञ्चार तथा विकास प्रक्रृयामा विपद् मुल प्रवाहीकरणका विषयमा अन्तरक्रिया गरिएको थियो ।
बैठकमा मेलम्ची नगरपालिकाका विपद् फोकल पर्सन सुजन दुलाल,जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद् फोकल पर्सन रवि धिताल,सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक इच्छारा सापकोटा लगायतले प्रस्तुततीकरण गर्नुभएको थियो ।
त्यस्तै सिंचाई तथा जलाधार,सव डिभिजन वन कार्यालय मेलम्ची लगायतले आफ्नो कार्यालय बाट भएगरेका काम र चुनौतीका बारेमा जानकारी गराउनुभयो ।
नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा बसेको बैठकमा प्रमुख तामाङले छलफलमा उठेका प्रश्न तथा जिज्ञासाका बारेमा निकास दिनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराई,विभिन्न वडाका वडा अध्यक्ष,शाखाका प्रमुखहरु,कर्मचारी,सरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।