गुणस्तरीय शिक्षा दिन र प्रतिस्पर्धामा उत्रन सक्षम जनशक्ति उत्पादन गर्न लागी पर्नेछु : सासद तामाङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, हेलम्बु ।
बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ समिरले गुणस्तरीय शिक्षाका लागी राज्यले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । भन्ज्याङ्ग आधारभूत विद्यालय, हेलम्बु –५, शिरिसेद्वारा २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा आफ्नो भनाइ राख्दै सांसद तामाङले गुणस्तरीय शिक्षा दिन र प्रतिस्पर्धामा उत्रन सक्षम जनशक्ति उत्पादन गर्नका लागि आफू लागि पर्ने बताउनुभएको हो ।

उहाँले यस क्षेत्रको विद्यालय लगायत अन्य विकास निर्माणको काममा आफू सधैँ संंगै रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । तामाङले स्थानिय, प्रदेश र संघ सरकार मिलेर दिगो विकासको काम गर्न सकिने भएकाले सबै सँग हातेमालो गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

तामाङले चुनावका बेला संघका सांसद मोहन बस्नेत र आफूले गरेका प्रतिबद्धता सरकारमा भएपनि नभएपनि जसरी पनि पूरा गर्ने उहाँको भनाई थियो । कार्यक्रमको प्रमुख अतिथि तामाङले आफूलाई अमूल्य मत दिएर आफूलाई जिताएकोमा सबै मतदाताहरुमा धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य भरत खडका, हेलम्बु ५ का अध्यक्ष दिपकुमार तामाङ लगायतले आफ्नो धारणा राख्नु भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाक्पा तामाङले जानकारी दिनुभयो । कार्यक्रममा कलाकार, विद्यार्थीहरुले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।

Leave a Reply