शैक्षिक अभियन्ता गिरिद्वारा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री र ट्रयाकसुट टी–सर्ट प्रदान

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा इन्द्रावती गाउँपालिका वडा नं १ का सबै विद्यालयका विद्यार्थी र शिक्षकलाई शैक्षिक सामाग्री तथा ट्रयाकसुट टी–सर्ट बितरण गरिएको छ ।

समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरीको सहयोगमा सो सामाग्री बितरण गरिएको हो । श्री सिम्पालेश्वरी माध्यमिक विद्यालय, श्री नवकन्या आधारभूत विद्यालय, श्री भूवनेश्वरी आधारभूत विद्यालय, श्री गोल्मेश्वरी आधारभूत विद्यालय, हिमान्चल आधारभूत विद्यालय, श्री बागेश्वरी आधारभूत विद्यालयका करिव ५४१ शिक्षक र विद्यार्थीलाई शैक्षिक सामग्री तथा ट्रयाकसुट टी–सर्ट लगायतका सामाग्रीहरु बितरण गरिएको हो ।

एक कार्यक्रमका बिच श्री सिम्पालेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई शैक्षिक सामाग्रि तथा ट्रयाक टी–सर्ट हस्तान्तरण गरिएको हो ।

शैक्षिक अभियन्ता मोहन गिरिले आफुले हाल ४४ जना विद्यार्थी पढाईरहेको जानकारी दिनुभयो । साथै सिम्पालेश्वरीको ३ जना विद्यार्थी आफुले निशुल्क पढाइदिने उनले उद्घोष गर्नुभयो ।

गिरिले यसअघि इन्द्रावतीका करिव १६ वटा विद्यालयमा शैक्षिक सामग्री तथा ट्र्याक सुट वितरण गरिसक्नुभएको छ । इन्द्रावतीका करिब ५० जना शिक्षक शिक्षिका तथा करिब २ हजार जना बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा ट्र्याकसुट यसअघि वितरण गरिसकिएको छ । गाउँपालिका भरी क्रियाशिल ४२ वटै विद्यालयमा शैक्षिक सामाग्री र ट्र्याकसुट टी–सर्ट बितरण गर्ने योजना रहेको अभियन्ता गिरिले जानकारी दिनुभयो । इन्द्रावती २ पोखरे निवासी शैक्षिक अभियन्ता गिरी नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि समेत हुनुहुन्छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा एकै पटक ३९ वटा स्वास्थ्य चौकी भवन बन्न लागेको जानकारी दिनुभयो । यहि वर्ष सिम्पालकाभ्रेमा स्वास्थ्य चौकी बन्ने बताउँदै यस वडामा एक पक्की मोटरेवल पुल बनाउने उद्घोष गर्नुभयो ।

पुर्व गृह राज्य मन्त्री बिष्णु बिक्रम थापाले वंशलाल तामाङको कार्यकालमा जति काम गर्न यो टिमले नसकेको बताउनुभएको छ । “वडा अध्यक्ष सबै जना सक्षम हुनुहुन्छ तर पनि बिकासले गति लिन सकेन”, उहाँले भन्नुभयो । पहिलाको तुलनामा अहिले बिकास कम भएको जनताको गुनासो आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले शैक्षिक प्रगतीमा सिम्पालेश्वरी मावि अब्बल भएकोमा खुसी ब्यक्त गर्नुभयो । अब सिम्पालकाभ्रे धेरै समय दुर्गम बाट प्रताडित हुनुनपर्ने उहाँको भनाई छ । सो अवसरमा उनले मोहन गिरि जस्ता शैक्षिक अभियन्ताले शिक्षाको गुणस्तर अभिबृद्विमा टेवा पुराएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । पुर्व अध्यक्ष तामाङले अहिलेको पालिकाको नेतृत्व कर्तब्य बाट बिमुख भएको बताउनुभयो । शिक्षामा इतिहासमै नराम्रो नतिजा इन्द्रावतीमा आएकोमा उहाँले दुख व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा पूर्व गृह राज्यमन्त्री विष्णु विक्रम थापा, पूर्व इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ, नेपाली कांग्रेस जिल्ला उपसभापति टंक कार्की लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply