पाँचपोखरीका प्रप्रअ सवार गाडी दुर्घटना: ६ जना घाइते

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल सहित कर्मचारीहरु सवार गाडि दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

शुक्रबार करिब ५ बजे गाउँपालिकाको कार्यालयबाट लागर्चे मावि तर्फ जाँदै गरेको बा १ झ ६६०३ नम्बरको टाटा हाइलक्स गाडी गाउँपालिकाको वडा नं ८ स‍ोले स्थित भित्री सडकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक राजेन्द्र थापामगरले बताउनुभयाे ।

गाउँपालिकाको उपाध्यक्षले प्रयोग गर्ने गरेको गाडी आफैं अनियन्त्रित भइ सडकबाट करिब १ किलोमिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कुँइकेल सहित प्रशासन अधिकृत रामप्रसाद न्यौपाने , कान्छा तामाङ , शारदा उप्रेती , सरिता गौतम र दिपा कुमारी धमला घाइते भएका छन् । गाडी कुँइकेल आफैंले चलाउनुभएकाे थियाे ।

कुईकेलको अबस्था सामान्य छ भने न्यौपानेकाे पछाडी ढाड र अगाडी टाउकोमा चोट लागेर अवस्था मध्यम, तामाङको अबस्था सामान्य, उप्रेति अनुहारमा चोट अवस्था मध्यम, गौतमको टाउको पछाडी चोट अवस्था मध्यम, धमला देव्रे खुट्टा फ्याक्चर अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई स्थानिय टिपेनी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि मेलम्ची नगर अस्पताल पठाएको छ भने गाडी घटना स्थलमा नै रहेको छ ।

Leave a Reply