रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका कृषि विकास शाखा द्वारा मेलम्ची नगरपालिका ६ तालामाराङका किसानहरुका लागी कृषि सामाग्री बितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पाकेट विकास (मकै पकेट नयाँ) कार्यक्रम अन्तर्गत ५०% अनुदानमा ४२ वटा मिनिटिलर र कर्नसेलर आज बुधवार नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा बितरण गरिएको हो ।
तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आर्थिक वर्ष २०७९/०८० विनियोजित अनुदानको कृषि सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, वडा नं ६ का वडाध्यक्ष प्रेम बहादुर तमाङ, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । शाखाले यसअघि पनि नगरका बिभिन्न वडाका किसानहरुलाई कृषि सामाग्रीहरु बितरण गरेको छ ।