मेलम्ची नगरपालिकामा उत्कृष्ट करदाता सम्मानित

# पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम भएको छ । नगरपालिकाले करदातामध्ये ४५ जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकाले व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइ करको दायरा फराकिलो बनाउन यो कार्यक्रम गरीएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अमृत कुमार धितालले जानकारी दिनुभयो । नगरबाट प्रवाह गर्ने सेवाको हकमा करचुक्ता अनिवार्य गरेको हुनुपर्ने नियम बनाएर काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा उद्यमी व्यवसायीलाई कर शिक्षा, करको दायरा, नीति, छुटको व्यवस्था, व्यवसाय कर लगायतका विषयमा जानकारी गराइएको थियो ।

त्यस्तै कार्यक्रममा सबै भन्दा पहिला कर तिर्ने, मालपोत तथा राजस्व कर सबैभन्दा बढी बुझाउने र व्यवसाय कर सबैभन्दा बढी तिर्ने व्यवसायी तथा व्यापारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । करदाताहरुलाई हौसला र जिम्मेवारीबोध गराउन सम्मान कार्यक्रम गरिएको प्रमुख प्रसासकिय अधिकृत धितालले बताउनुभयो ।

गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि निराजन पुडासैनिले नापतौल तथा गुणस्तरको विषयमा जानकारी गराउनुभयो । उपभोक्ता पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । साथै स्थानिय तहहरूले बजार अनुगमनमा यसको पुर्ण पालना गराउन ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave a Reply