तामाङ घेदुङ मेलम्चीद्वारा आयोजित वृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न

* # जीवन शैली मनोरञ्जन समाचार समाज सिन्धुपाल्चोक

नेपाल तामाङ घेदुङ मेलम्ची नगरपालिका द्वारा आयोजित २८६० औँ डुक ल्हो सोनाम ल्होछार २०८० बृहत् सांस्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । 

मेलम्ची नगरपालिकाको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले ल्होछार सम्पूर्ण नेपालीहरूले मान्दा फरक नपर्ने बताउनुभएको छ । अरू नयाँ बर्ष हरूलाई सबैले मानेजस्तै ल्होछार मान्न सकेमा अझ राम्रो हुने बताउँदै नगरले सबै पर्वहरूलाई समान रूपमा सहयोग गर्दै आएको बताउनुभयो । 
पालिकाले स्थानीय पर्वको रूपमा ल्होछारमा बिदा दिएको र पालिकाको तर्फबाट सबै जातजाति भाषाभाषीको रीतिथिति तथा संस्कारलाई जोगाउन आफ्नो र पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उहाँको भनाई छ । साथै ल्होछारले प्रतिभा प्रस्फुटन गराउनुका साथै संस्कृतिलाई बचाउँदै लैजाने उहाँको धारणा थियो । 

कार्यक्रमका विशेष अतिथि उमा प्रधानले ल्होछारलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदै लैजानुपर्ने बताउनुभयो । सोनाम ल्होछारले सबैलाई एकीकृत गर्दै फरक फरक जात जातिले फरक फरक भन्दा सबैले एउटै ल्होछार मनाउनुपर्ने उहाँको भनाई छ । 

धर्म गुरू खेन्बो सर्वजित् लामाले ल्होछारको बारेमा प्रष्टयाउँदै मनोरञ्जन मात्रै नभई धार्मिक रूपमा संस्कार बनाउँदै लैजानुपर्ने बताउनुभयो । जातीय तथा राजनीतिक भागबन्डा नभई सबै बौद्ध धर्म मान्ने पर्व सोनाम ल्होछार भएको बताउँदै उहाँले हरेक दिन प्रत्येक घरबाट धर्म र संस्कृति जोगाउन लाग्नुपर्ने र तामाङ गुरुङ शेर्पा सबैले एकीकृत रूपमा ल्होछार मान्नु पर्नेमा जोड दिनुभयो । 

तामाङ घेदुङ बागमती प्रदेश सचिव फुलकाजि स्याङ्बोले अरू समुदायले तामाङ समुदायलाई दमन गरेको बताउँदै अब सांस्कृतिक जागरणमा लाग्नुपर्ने बताउनुभयो । तामाङ घेदुङको नेतृत्वमा मातृभाषा शिक्षा लागू गर्नुपर्ने बताउँदै नगरले विद्यार्थी सङ्ख्याको आधारमा कक्षाहरू सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ । 

तामाङ घेदुङ हेलम्बुका अध्यक्ष सुनिल दोङ तामाङले भाषा र संस्कृति जोगाउनुपर्ने बताउँदै राष्ट्रिय रूपमा ल्होछार मनाउनुपर्नेमा जोड दिनुभयो । हक अधिकारको लागि लड्न एकजुट हुन सबैमा आह्वान पनि गर्नुभयो ।   

घेदुङ नगर अध्यक्ष ओम तामाङ वाईबाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि आइतमान तामाङ, विशेष अतिथि धर्मगुरु खेन्बो सर्वजित् लामा, नगरपालिकाका उप प्रमुख उमा प्रधान, पूर्व जिल्ला समन्वय समिति अध्यक्ष कृष्ण गोपाल तामाङ अतिथिहरू तरुण दल क्षेत्रीय अध्यक्ष अनिल कुमार तामाङ, ह्याेल्माे सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ, तामाङ घेदुङ बागमती प्रदेश सचिव फुलकाजि स्याङ्बो र वडा अध्यक्ष प्रेम बहादुर तामाङ किरणदिप खड्का, अमृत खनाल लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा निर्वाचित जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा सञ्जाेक याेञ्जन विजय लामा मकर याेन्जन ओम तामाङ वाइबा तेज थिङ छेवाङ डी स्याङ्बाे अभि ब्लाेन अनिता गाेले लगाएतका कलाकारले मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन ५ का फस्ट रनर अप मकर याेन्जनलाइ सम्मान गरीएकाे थियाे ।

Leave a Reply