मेलम्ची नगरपालिकाको लोगो (प्रतिक चिन्ह) सार्वजनिक

* # तपाइको सृजना पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मेलम्ची नगर समृद्धिको आधार,कृषि पर्यटन, उद्योग र जलाधार भन्ने लक्ष्यका साथ नागरिकहरुको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागी प्रतिबद्ध नगरपालिकाले आफ्नो छुट्टै लोगो प्रतिक चिन्ह सार्वजनिक गरेको हो ।

नगरपालिकाले गत असोज ४ गते लोगो डिजाइनका लागी प्रस्ताव आह्वान गरेको थियो । सार्वजनिक लोगोमा नेपालको झण्डा, पर्यटकीय क्षेत्र गुफाडाँडामा पदयात्री, हरियो पहाड र उर्बर भूमिको किनारा हुँदै बगेको मेलम्ची र इन्द्रावतीको दोभान, स्वच्छ र शान्तीको प्रतीकमा नीलो रङको हात, पहेँलो अन्न कृषिलाई उजागर गरिएको र जलश्रोतको धनीका रुपमा पहिचान गरिएको मेलम्चीलाई पानीको थोपाको आकार दिइएको डिजाइनर विजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आज नगरपालिकामा हस्तान्तरण गर्दै श्रेष्ठले लोगोले मेलम्चीको छुट्टै पहिचान झल्काउने बताउनुभयो । नगर प्रमुख आइतमान तामाङले नगरपालिकाको पहिचान झल्किने लोगो निमार्ण भएकोमा खुशि ब्यक्त गर्नुभयो । उहाँले डिजाइनर लाई धन्यवाद दिदै अब सो लोगोलाई चलनचल्तीमा ल्याउने जानकारी दिनुभयो । लोगोको लागी ५ जनाले प्रस्ताव गरेकोमा श्रेष्ठले डिजाइन गरेको लोगो नगरपालिकाले छनोट गरेको हो ।

Leave a Reply