रेडियो मिसन, मेलम्ची ।
बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरले बोलेको काम गरेर देखाउने र बोल्ने मात्रै नभई काम गरेर सबैमा अनुभुती गराउने बताउनुभएको छ । मेलम्ची ७ छापमा नव निर्मित झ्याङ्छ्युप छ्योर्तेन तेरमानेको सोमबार सुरु भएको ह्राप्ने (उद्घाटन) कार्यक्रमको समापन कार्यक्रममा बोल्दै सांसद तामाङले आफ्नो क्षेत्र बिकासको लागी हेटौँडामा संघर्ष गरिरहेको बताउँदै यहाँको समस्या प्रदेश सरकारलाई सुनाउँदै आएको र मेलम्ची ७ छाप र समग्र दुवाचौरको बिकासमा प्रदेश सरकारको ध्यान जाने बताउनुभयो ।
छ्योर्तेन निर्माण सँगै बाँकी काममा पनि सहयोग हुने र सामुदायिक भवन समेत निर्माण भइसकेकोले अब यहाँको एक खालको समस्या समाधान भएकोले सडक र सिँचाईको काममा आफ्नो ध्यान जाने, त्यसका लागी यसै आर्थिक वर्षको बजेटमा समाबेश गरिने बताउनुभयो ।
आर्थिक वर्ष २०७७/७८ को आर्थिक बजेट ६ लाख बाट निर्माण कार्य थालनी भएको उक्त मानेको निर्माण कार्य पूरा नभएको र पुनः आर्थिक वर्ष २०७९/८० को बजेटमा अधुरो निर्माण सम्पन्न गर्नका लागि ६ लाख बजेट विनियोजन भएर मात्रै निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिनु भयो ।
यहि ८ गते सोमबार नगरप्रमुख आइतमान तामाङ र लामा गुरु साङ्गे लामा द्वारा समुद्घाट भएको कार्यक्रम आज बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।