खेलाडी राम अधिकारीलाई उपचारको लागि नगद सहयोग

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन


फूटबल खेलाडी राम अधिकारीलाई उपचारका लागि नगद सहयोग गरीएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ८ निबासी एवम् फूटबल खेलाडी राम अधिकारीलाई उपचारको लागि नेकपा माओवादी केन्द्र सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति क्षेत्र नं १ ले संकलन रकम नगद सहयोग गरेको छ । अधिकारी कलेजो रोगको समस्या झेलीरहनुभएको छ ।

उत्त संकलीत रकम ५० हजार २ सय ५० रुपैंया बिरामीको परिवारलाई प्रतिनिधि सभा सदस्य माधव सापकोटाले हस्तान्तरण गरिएको समन्वय समतिका इञ्चार्ज सुबास लामाले जानकारी दिनुभएको छ ।

रकम हस्तान्तरण गर्दै सापकोटाले बिरामीको कलेजो प्रत्यारोपणको लागि थप सहयोग र सम्मन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Leave a Reply