रेडियो मिसन
पाँचपोखरीमा बिरामि पहीचान शिविर सम्पन्न भएको छ । गाउँपालिकको आयोजनामा बैशाख ३१ , जेठ १ र २ गते ३ स्थानमा महिलाको प्रजनन् स्वास्थ्य समस्याको पहिचान, उपचार एवं ब्यवस्थापन तथा सक्रीय क्षयरोगका बिरामि पत्ता लगाउने उद्धेश्यले संचालित बिरामी पहिचान शिबिरमा जम्मा ६४१ जनाले सेवा लिएका छन ।
जसमा महिलाको प्रजनन् स्वास्थ्यको परिक्षण ३९६ जना र २४५ जनाको अन्य स्वास्थ्य समस्याको परिक्षण गरिएको थियो । गाउँपालिकाको वडा नं ५ को गुन्सा स्वास्थ्य चौकी,वडा नं ३ को भोताङ स्वास्थ्य चौकी र वडा नं ७ को पाँचपोखरी प्राथमिक अस्पतालमा संचालित सिबिरमा क्षयरोगको औषधी सेवन गरिरहेका बिरामिको एकाघरको परिवार र अन्य संकास्पद ब्यक्तिहरुको गरी १०१ जनाको खकारको नमुना लिई परिक्षणको लागी प्राथमिक अस्पताल तिपेनिमामा पठाईएको छ ।
३९६ जना को प्रजनन् स्वास्थ्य को परिक्षण गरिएकोमा ३२५ जनाको अवस्था सामान्य र बाँकी ७१ जनाको बिभिन्न समस्या देखीएकोमा उपचार एवं उपयुक्त स्थानमा थप परिक्षणको लागी गाउँपालिका मार्फत समन्वय गरिने स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो । जसमा ११ जनाको पाठेघरको समस्या र १ जना स्तनको समस्याको थप परिक्षण गर्नु पर्ने भएको छ ।
साथै शिविर संचालन गर्नु भन्दा पहिले धुलिखेल अस्पतालको प्राबिधिक सहयोगमा गाउँपालिका अन्तर्गतको स्वास्थ्य चौकिहरुमा कार्यरत नर्सिङ स्टाफहरुको लागी ख्क्ष्ब् परिक्षण सम्बन्धि तालिम संचालन गरिएकोले अब देखी सबै स्वास्थ्य चौकहरुमा नियमित रुपमा पाठेघरको मुखको परिक्षण र रिङ्ग पेसरी राख्ने तथा परिवर्तन गर्ने कार्य संचालन हुने धितालले जानकारी दिनुभयो ।