रास्वपा इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ

* # पालीका खबर राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ चयन हुनुभएको छ । आज भएको पार्टीको गाउँपालिका सभाबाट बानियाँको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उप सभापतिमा धन बहादुर लामा र सचिवमा शंकर भट्टराई चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा हिरा कुमारी शाही, राजेन्द्र दुलाल, दिनेश थापा, सुबास तामाङ, सुदिप सापकोटा, सुवास तामाङ, कृष्ण व. बानियाँ र प्रलाद कोइराला चयन हुनुभएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका सभापतिमा सुन्दर सापकोटा चयन हुनु भएको छ । शनिवार तिपेनीमा भएको पालिका भेलाले सापकोटालाई पालिका सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापती दिपेन्द्र धिताल,सचिवमा राकेश बोम्जन,कोषाध्यक्षमा आशिष खनाल, संगठन विभाग प्रमुखमा दिपेन्द्र लामा र सदस्यहरुमा दिपेन्द्र स्याङ्बो तामाङ, फुलमाया भूजेल, तोकबहादुर दमाई, दिनेशप्रसाद श्रेष्ठ र दिपेन्द्रलामा गरी ११ सदस्यीय कमिटि चयन गरिएको गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रम जिल्ला संयोजक माया गुरुङको अध्यक्षतामा भएको थियो । इन्द्रावतीमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद हरि ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी नेता बनाउन नभई जनसेवक बनाउन आएको बताउँदै पार्टी बेथिति अन्त्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, युवा लाई बस्न लायक देश बनाउनको लागि लागिपरेको बताउनुभयो । पालिकाहरुमा बेतिथी, भ्रष्टाचार छ भने यहीँको युवा जाग्नु पर्ने र परिवर्तनको लागी तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले देशमा नीतिगत बेथिति पनि रहेको र आम नागरिकले पाउने सेवा सुविधा माथि निगरानी राख्नु पर्ने साथै आउने पुस्ताले अहिलेको जस्तो बेथिति भोग्न नपरोस् भनेर अब हामीले राजनीति गर्नु परेको बताउँदै रास्वपाका सांसदहरुले सदन हेर्न लायक बनाएको र देशमा यसैगरी उप निर्वाचन हुँदै जाने हो भने हाम्रो सांसदको संख्या पनि थपिदै जाने सम्भावना रहेको पनि दाबी गर्नुभयो ।

कार्यक्रमका अतिथी तथा पार्टीका बागमती प्रदेश महामन्त्री जिता बरालले देशमा सुशासन कायम गर्ने साथै भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी लागिपरेको बताउँदै जान्ने लाई छान्ने पर्टिको नीति अनुसार छलफलबाट पालिका नेतृत्व चयन गरेको बताउनुभयो । उहाँले सबैको लागि राष्ट्रिय स्वतन्त्र पार्टी मूल नारा लिएर गाउँ गाउँ टोल टोलमा जाने बताउनुभयो । पार्टीका जिल्ला संयोजक पासाङ तामाङले भेलामा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको अन्त्य गर्नु भएको थियो । 

Leave a Reply