पाँचपोखरी थाङपाल गाउँपालिकामा अज्ञात समुहद्धारा तोडफोड

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यालयको प्रशासनिक भवनमा अज्ञात समुहले तोडफोड गरेको छ ।

सोमबार राती गाउँपालिकाको प्रशासनिक भवनमा रहेको राजश्व शाखा र आर्थिक प्रशासन शाखा लगायत विषयगत शाखाहरुका लागि भाडामा लिई प्रयोग गरिदै आएको कृषि, पशुसेवा पञ्जिकरण, स्वास्थ्य शाखा लगायत गाउँपालिकाका भण्डारण कोठाहरु, अध्यक्षको निवासका ४ वटा कोठाहरुमा तोडफोड भएको गाउँपालिकाले जनाएको छ ।

घटना सुनियोजित रुपमा पालिकालाई बदनाम गर्ने उद्धेश्यका साथ भएको भन्दै सत्य तथ्य छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउने र यस्ता घटना अन्य स्थानमा पनि घट्न सक्ने भन्दै सम्पूर्ण पालिका बासीहरु सजग रहन अनुरोध गर्दै घटनाको पालिका प्रवक्ता नारायण भट्टराईले बिज्ञप्ती मार्फत भत्सना गर्नुभएको छ ।

कार्यलय सहित स्थानीय हरिचन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ र देउ कुमार तामाङ समेतको पसलहरुमा तोडफोड गरि चोरी भएको घटना प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको बताउँदै ईलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरिक्षकको नेत्तृवको टोलीले घटनाका सम्बन्धमा जाँचवुझ तथा आवश्यक अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply