फटकसिलामा इन्द्रावती पधेराचौर लिफ्ट सिँचाइ निर्माण हुने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका १३ फटकशिलाको तल्लो भू–भाग, साविक वडा नं ५ का ६५ हेक्टर सुख्खावारीमा सिचाई हुने भएको छ । ईन्द्रावती नदीवाट ३४५ मीटर उचाईमा पानी लिफ्टगरी पानी ब्यवस्थापन गरेपछि करिव २२५ घर धुरी लाभान्वित हुने भएको हो । सिचाई विभाग अन्तरगतको एकिकृत सिचाई विकास विशेष कार्यक्रम अन्तरगत संचालित नयाँ प्रविधिमा आधारित उक्त सिचाई योजनाले पाइप द्वारा पानी विवरण गरी नगदेवाली विभिन्न तरकारी खेती गर्न सहयोग पुग्ने बताइएको छ ।

लागत इस्टमेट २ करोड ३० लाखमा सम्पन्न हुने योजनाको अनुगमन गुणस्तर नियन्त्रण, निर्माण कार्यमा सहजिकरण एवं निर्माण सम्पन पछि मर्मत संभार सञ्चालनका लागी संस्थागत निर्णयले उक्त योजनाका उपभोकाहरूको साधारण भेला वसी इन्द्रावती पधेराचौर लिफ्ट सिचाई उपभोक्त समिति गठन भएको संयोजक विष्णु प्रसाद घोरासैनीले जानकारी दिनुभयो । पूर्ण प्रसाद घोरासैनीको अध्यक्षतामा गठन भएको २१ सदस्यीय उपभोक्त समितीमा उपाध्यक्ष उत्तममणी ढकाल, सचिव विदुर प्रसाद घौरासैनी, कोषाध्यक्ष विमला (गौतम) घोरासैनी र सह–सचिवमा विश्वराम गुरागाई रहनुभएको छ ।

वडा अध्यक्ष श्रीराम घोरासैनीको उपस्थितीमा भएको उक्त भेलामा योजना स्वीकृत गराउन निरन्तर खट्नुभएका नेपाली काँग्रेसका क्षेत्रीय सचिव एवम् उपभोक्ता विष्णु प्रसाद घोरासैनीले योजनमाको बजेट तथा प्राबिधीक स्वीकृतिको बारेमा प्रकाश पार्दै उपभोक्त समितीलाई बधाई एवं शुभकामना दिनुभएको थियो । समितीको सल्लाहाकार समुहमा विष्णु प्रसाद घोरासैनी, वडाध्यक्ष श्रीराम घोरासैनी, चेत प्रसाद घोरासैनी, जीवनाथ घोरासैनी र गीता प्रसाद घोरासैनी रहनुभएको छ ।

Leave a Reply