मेलम्चीका किसानले अब रासायनिक मल पाउन कार्ड भर्नुपर्ने, मल वितरणमा सहज हुने नगरको दाबी

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

किसानलाई आवश्यक परेका बेला मल अभाव हुने समस्यालाई केहि ब्यबस्थित बनाउनका लागि कार्ड वितरण गरिएको नगरपालिका कृषि विकास शाखाका प्रमुख अमर आचार्यले जानकारी दिनुभयो । अब हरेक किसानले नगरपालिकाले उपलब्ध गराएको कार्ड सहकारी मार्फत भरेपछि नगरपालिकामा आएको मललाई बराबर वितरण गरिने नगरपालिकाले जनाएको छ ।

यसभन्दा अघि कोहिले धेरै पायो, कोहिले पाउँदै पाएनन् भन्ने गुनासो अन्त्यका लागि नगरपालिकाले कार्ड वितरण गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किसानको समस्या समाधानका लागि नगरले आफ्नो तर्फबाट गर्ने पहल गरिरहेको बताउनुभयो । उहाँले नगरबासिलाई आवश्यक रासायनिक मल उपलब्ध गराउनका पहल गरेपनि आवश्यकता अनुसार आयात गर्न समस्या भएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले ब्यबस्थित तरिकाले नगरपालिकामा आएको मल बास्तविक किसान सम्म पुर्याउनका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले मल वितरणलाई सहज र विवाद रहित बनाउनका लागि कार्ड सिस्टमको प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा सहकारीका प्रतिनिधिहरुले कार्डभएपछि मल वितरणमा सहजता हुने बताउनुभयो ।

Leave a Reply