रेडियो मिसन, नवलपुर ।
मिस तामाङ ग्युदको विश्व टाइटल बिजेता नमुना तामाङलाई जुगल गाउँपालिकाले हालै एक कार्यक्रमबीच सम्मान पनि गरिएको छ । सिन्धु चेली नमूना तामाङले मिस तामाङ वल्ड २०२२ को भाषा विधाको उपाधि जीत्न सफल हुनुभएको थियो । १८ प्रतिस्पर्धी मध्ये सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० की २४ वर्षिय तामाङले भारतको सिलगुडीमा सम्पन्न मिस तामाङ वल्ड २०२२ प्रतियोगितामा भाषातर्फ मिस तामाङ ग्युतको टाइटल हात पार्न सफल हुनु भएको हो ।
तामाङलाई यस अधि ईन्द्रावती गाउँपालिका वडा नं. ९ ले पनि महिला तथा घरेलु हिंसा न्यूनिकरणका लागी नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी सम्बन्धी तालिमको अवसर पारेर सम्मान गरेको थियो । वडाले उहाँलाई प्रशंस पत्र सहित दोसला ओडएर सम्मान गरेको थियो ।
त्रिचन्द्र कलेज काठमाण्डौंमा माइक्रो बायलोजि दोस्रो वर्षमा अध्ययनरत तामाङले पछिल्लोपटक नयाँ पुस्ताले भाषा विर्सदै गएको भन्दै तामाङले आफू बच्चैदेखि मातृभाषा बोल्ने गरेकै कारण यो सफलता हात परेको बताउनु भयो । मिस तामाङ वल्ड फउण्डेशनको आयोजना तथा सिक्किम बुद्धिष्ट एशोसिएसन र अल इण्डिया तामाङ बुद्धिष्ट एशोसिएशनको संयोजनमा भएको प्रतियोगितामा तामाङले उपाधीसहित भारु एक लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
नेपालबाट ६, भुटानबाट १ र इण्डियाबाट ११ जना स्पर्धी रहेको सो प्रतियोगितामा भारत सिक्किमकी स्नेहा तामाङले मिस तामाङ वल्ड २०२२ को उपाधी जीत्नु भएको थियो । ग्युदको विश्व टाइटल बिजेता तामाङ सिपा तीनघरेस्थित जनता माविका शिक्षक महेन्द्र तामाङकी सुपुत्री हुनुहुन्छ ।