खेल र खेलाडीप्रति गाउँपालिका सकारात्मक छ : उपाध्यक्ष लामिछाने

* # खेलकुद पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकाको सहयोगमा मेलम्ची भ्याली क्याम्पसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो ।


छात्र/छात्रा भलिबल प्रतियोगिता लगाएत १७ भन्दा बढी खेलहरु समावेश गरीएको थियो । खेलमा १५ स्वर्ण सहीत याङ्रीमा माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै ४ स्वर्ण सहीत नोर्वुलिङ माध्यमिक विद्यालय द्धीतीय भयो भने सरस्वति माध्यमिक विद्यालय तृतिय भएको छ ।


पालिका उपाध्यक्ष अप्सरा लामिछानेले बिजयी खेलाडीहरूलाई बधाई दिदै विद्यार्थीहरूको विकास, बिस्तार र सुदृढीकरण गर्नका निम्ति पालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । बजेटको अभावमा कतिपय विद्यालयहरू प्रतियोगितामा भाग लिन नपाउने अवस्थाको अन्त्य गरीले उहाँले बताउनुभएको छ । खेल र खेलाडीप्रति गाउँपालिका सदैव सकारात्मक रहेको उहाँले बताउनुभएको छ । अनुशासित ,मर्यादित, व्यवस्थित र प्रभावकारी ढंगले प्रतियोगिता सञ्चालन गरी जिल्लाकै उत्कृष्ट खेलाडी उत्पादनमा यो प्रतियोगिताले थप सहयोग पुग्ने उपाध्यक्ष लामिछानेले बताउनुभयो ।


पाठ्यान्तर क्रियाकलाप जस्तै अतिरिक्त क्रियाकलापलाई पनि व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो। । असफलता नै सफलताको कडी भएकाले खेलमा पराजित खेलाडीहरूलाई निरास नभई निरन्तर रुपमा सक्रिय भएर लाग्नुपर्नेमा उहाँले जोड दीनुभएको छ । त्यस्तै दक्ष, मिहिनेती, अनुशासित समाजले मात्रै समृद्ध समाजको परिकल्पना गर्न सकिने उहाँको तर्क थियो । विद्यार्थीहरुले पालिका स्तरीय मात्रै नभइ राष्ट्रिय स्तरको खेलमा पनि भाग लिन सक्ने क्षमतावान खेलाडी बन्नुपर्नेमा उपाध्यक्ष लामिछानेले जोड दिनुभयो ।

कार्यक्रम हेलम्बु गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख विश्वनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply